काठमाडौंमा आजदेखि स्मार्ट पार्किङ शुरु | Khabarhub Khabarhub

काठमाडौंमा आजदेखि स्मार्ट पार्किङ शुरु



काठमाडौं–सवारी साधन पार्किङलाई व्यवस्थित बनाउनका लागि काठमाडौं महानगरपालिकाले आज (बिहीवार) बाट स्मार्ट पार्किङ सञ्चालनमा ल्याएको छ ।

स्मार्ट पार्किङ वैशाखको सुरुवातसँगै सञ्चालनमा ल्याउने भनिएको थियो यद्यपी विभिन्न प्राविधिक कारणले समयमै सञ्चालनमा ल्याउन नसकेको महानगरपालिकाले जनाएको छ ।

सवारी साधनको अत्याधिक चापका कारण ट्राफिक जाम हुनुका साथै शहर अस्तव्यस्त भएपछि त्यसलाई व्यवस्थापन गर्न महानगरले स्मार्ट पार्किङ योजना अघि सारेको थियो ।

सो योजना आजबाट कार्यन्वयनतिर लागेको छ । काठमाडौंको नयाँ रोड आसपासका ५ स्थानमा स्मार्ट पार्किङ शुरु भएको छ । महानगरपालिले ‘ब्हिल्स ट्रली योर्स प्रा.ली’ र ‘एड गुरु’ सँगको सहकार्यमा यो सेवा सञ्चालनमा ल्याएको हो ।

५ स्थानमा स्मार्ट पार्किङ सञ्चालनमा ल्याउनका लागि १ करोड लागत लागेको प्रालीका सूचनाअधिकारी प्रविधि इन्जिनियर हरिश अग्रवालले जानकारी दिए ।

‘स्मार्ट पार्किङ भनेको अटोमेटिक पार्किङ हो’ उनले भने । त्यस्तो पार्किङ हालसम्म कुनै पनि स्थानमा नभएकाले पनि सवारी प्रयोगकर्ताका लागि व्यवस्थित हुने कुरामा अग्रवाल विश्वस्त छन् ।

कुन—कुन स्थानमा स्मार्ट पार्किङ ?

तत्कालका लागि ५ स्थानमा स्मार्ट पार्किङ राखिने अग्रवालले बताए । ‘विशालबजार, इन्द्रचोक, पाको, प्युखा र खिचापोखरीमा स्मार्ट पार्किङ राखिनेछ, ‘दरवारमार्गमा भने एक हप्ता लाग्नेछ’ खबरहबसँग कुरा गर्दै उनले भने ।

कसरी प्रयोग गर्ने ?

स्मार्ट पार्किङमा दुइ पांग्रे तथा चार पांग्रे सवारी साधनले पार्किङ गर्न पाउने छन् । कम्पनीले एप्स्मार्फत स्मार्ट पार्किङ गर्ने सुविधा समेत ल्याएको छ ।

‘प्रयोगकर्ताले मोवाइलमार्फत ‘Park Ktm’ एप्लिकेशन डाउनलोड गरी घरमै बसेर पार्किङ बुकिङ गर्न सक्नेछन्’ अग्रवालले भने ।

उनका अनुसार पार्किङ गर्न चाहने व्यक्तिले एप्लिकेशन मार्फत घरमै बसेर पार्किङका बारेमा सुचना लिन सक्नेछ भने १५ मिनेट अगाडी नै पार्किङ बुकिङ गर्न पाउनेछ ।

तत्कालका लागि एउटा मात्र एप्लिकेशनको सुविधा भएको बताउँदै अग्रवाल भन्छन्,‘केही समयपश्चात ई—सेवा, भिसा कार्ड लगायत सिस्टमबाट पनि पार्किङको रकम तिर्न र बुकिङ गर्न सकिने छ’ । अहिले पेमेन्टका लागि ‘पोस’ नामक मेसिन राखिएको छ ।

शुरुवातमा यी स्थानमा पार्किङ राखिएपनि विस्तारै अन्य स्थानमा पनि सञ्चालनमा ल्याउने अग्रवालको भनाइ छ । यी स्मार्ट पार्किङ राखिने स्थानहरुमा एक पटकमा ८ सय वटा मोटरसाइल/स्कुटर र ४० वटा सवारी साधन पार्किङ गर्न सकिनेछ ।

कस्तो हुन्छ स्मार्ट पार्किङ ?

नेपालमा पहिलो पटक सञ्चालनमा आएको स्मार्ट पार्किङ अन्य पार्किङ तुलनामा फरक छ । सेन्सरमा आधारित स्मार्ट पार्किङ सञ्चालन गरिने भनिएपनि विभिन्न कारण छोटो समयमा कम्पनीले सो पार्किङ गर्न नसकेको अग्रवालले बताए । ‘तत्कालका लागि पुरानै पार्किङ क्षेत्रमा नयाँ ढंगले अगाडी बढ्का हौँ, केही महिनामापछि सेन्सरमा आधारित पार्किङ सुविधा ल्याउने छौँ’ उनले भने ।

‘सेन्सरमा आधारित पार्किङका लागि महानगरसँग सहकार्य भएको र जग्गाको व्यवस्था भइसकेको छ’ खबरहबसँगको कुराकानीमा उनले भने ।

रिजर्भ गरेको समय, पार्किङ गरिएको स्थान र समय, पार्किङ शुल्कजस्ता विवरण क्युआर कोर्डबाट पनि हेर्न सकिन्छ । त्यस ठाउँको व्यवस्थापनका लागि गोप्रो क्यामरा सहित ६० जना पार्किङ सहयोगी खटिएका छन् । यस प्रणालीमा सवारी प्रवेश गरेको र निस्किएको रेकर्ड हुन्छ ।

शुल्क कति ?

यी क्षेत्रमा पार्किङ गर्दा दुइ पाङग्रे सवारीका लागि प्रति घण्टा करबाहेक २० रुपैयाँ लाग्नेछ । त्यस्तै चार पाङग्रे सवारीका लागि प्रति घण्टा ६० रुपैयाँ लाग्नेछ ।

प्रकाशित मिति : १६ जेठ २०७६, बिहीबार  १० : १० बजे

‘भोजपुर प्रतिभा पुरस्कार’बाट शाक्य पुरस्कृत

भोजपुर– प्रत्येक वर्ष प्रदान गरिँदै आएको ‘भोजपुर प्रतिभा पुरस्कार’बाट टक्सार

टुङ्गोमा पुगेन हमास र इजरायलको वार्ता

दोहा – इजरायल र हमासबीच आइतबार भएको वार्ता बिना निष्कर्ष

खावाको कृषि पकेट क्षेत्रमा सुन्तलाको बिरुवा वितरण

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ५ खावाको कृषि पकेट क्षेत्रमा सुन्तलाका

कृषि कर्जालाई सरलीकृत गर्नुपर्नेमा मन्त्री अधिकारीको जोड

काठमाडौ‌– कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषि कर्जालाई सरलीकृत

जिम्बाबेविरुद्ध मल्डरको दोहोरो शतकले बलियो अवस्थामा दक्षिण अफ्रिका

काठमाडौं – विश्व च्याम्पियन दक्षिण अफ्रिकाले जिम्बाबे विरुद्धको पहिलो टेस्टमा