बर्दियामा ३ युवती बेपत्ता | Khabarhub Khabarhub

बर्दियामा ३ युवती बेपत्ता


१६ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया- बर्दियाको मधुवन नगरपालिका–५ मा ३ महिला एकै पटक बेपत्ता भएका छन् । एक हप्ता अघि गत बुधबार उनीहरु बेपत्ता भएको परिवारको भनाई छ ।

बेपत्ता हुनेमा मधुवन नगरपालिका–५ की १९ वर्षीया सुनिता ओली, १७ वर्षीया विनिता सापकोटा र १५ वर्षीया टीका नेपाली रहेको बर्दिया प्रहरीले जनाएको छ ।

घरबाट एकाएक बुहारी बेपत्ता भएपछि आफन्तकहाँ सोधिखोजी गरेको र नभेटेपछि प्रहरी समक्ष उजुरी दर्ता गराएको विनिताका ससुरा भीमराज सापकोटाले बताए । बेपत्ता भएका विनिता र सुनिता विवाहित हुन । टीका अविवाहित रहेको प्रहरीले जनाएको छ ।

साँझ घरमै रहेकी बुहारी भोलिपल्ट बिहान नभएको भीमराजको भनाई छ । उनीहरुको खोजविनका लागि माइती नेपालमा पनि निवेदन दर्ता गराइएको उनले बताए ।

परिवारले दिएको जाहेरी र हुलियाका आधारमा प्रहरीले खोजिकार्य जारी राखेको इलाका प्रहरी कार्यालय सानोश्रीका प्रहरी निरीक्षक गणेशमान खड्काले बताए ।

प्रकाशित मिति : १६ जेठ २०७६, बिहीबार  ८ : ५६ बजे

ज्ञानेन्द्र शाहीलाई अमेरिकामा ‘ग्लोबल हिरो’ अवार्ड प्रदान

अमेरिका– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाही ‘ग्लोबल

बेमौसमी लिगलिगे दौडले घटाएको शेखरको कद

नेपाली कांग्रेस नेपाली राजनीति भित्र समाजवादी मूल्य मान्यताको पक्षधर दल

आज साउनको दोस्रो सोमबार, पशुपतिनाथलगायतका शिवालयमा भक्तजनको भीड

काठमाडौं- आज साउन महिनाको दोस्रो सोमबार । पशुपतिनाथ लगायत देशभरका

बोल बम यात्रा गर्न हजारौँ भक्तजन सुन्दरीजलमा

काठमाडौं– साउनको दोस्रो सोमबार बोल बम यात्रा गर्न हजारौँ भक्तजन

सुविधाबाट वञ्चित छन् अल्पसङ्ख्यक सुनाहा समुदाय

कञ्चनपुर– सरकारले लोपोन्मुख र अल्पसङ्ख्यक जातिलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध