प्रहरीलाई घुस दिन खोज्ने कार्की अख्तियारको नियन्त्रणमा « Khabarhub

प्रहरीलाई घुस दिन खोज्ने कार्की अख्तियारको नियन्त्रणमा


१६ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरीलाई घुस दिन खोज्ने एक जनालाई पक्राउ गरेको छ । आयोगको टोलीले महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी निरीक्षक भुपेन्द्र गिरीलाई घुस रकम दिन खोज्ने झापाका अभिषेक कार्कीलाई बुधबार साँझ पक्राउ गरेको हो ।

कालिकोटका थुनुवा नवीन शाही ठकुरीलाई भेट्न जाँदा उनका भाइ पुजन बम ठकुरीले चाउचाउको खोलभित्र लागुऔषध ल्याएको भेट्टाएपछि प्रहरीले बमलाई पक्राउ गरेपछि कार्कीले यो घटना मिलाइदिनुपर्‍यो भन्दै प्रहरी निरीक्षकलाई १० हजार दिन खोज्दा अख्तियारको टोलीले पक्राउ गरेको हो ।

कार्कीले प्रहरीलाई ४० हजार दिन्छु, घटना मिलाइदिनुपर्‍यो भन्दै तत्काल १० हजार दिँदादिँदै पक्राउ गरिएको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए । अख्तियारको टोलीले उनको साथबाट एक लाख २० हजार नगदसमेत बरामद गरेको छ । थानकोट वृत्तले यसअघि पनि घुस दिन खोज्ने चार जनालाई पक्राउ गरिसकेको छ ।

प्रकाशित मिति : १६ जेठ २०७६, बिहीबार  १० : ०३ बजे

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २९ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६