आफ्नो मनलाई बहसमा राख्नुहोस् चाँडै चुरोटको लत छुट्छ « Khabarhub

आफ्नो मनलाई बहसमा राख्नुहोस् चाँडै चुरोटको लत छुट्छ


१६ जेष्ठ २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्वास्थ्यका लागि हानिकारक हो भन्ने थाहा हुँदा हुँदै पनि धेरैको लत हानिकारक नै हुन्छन् । मानिस स्वयमलाई विभिन्न लतमा फस्दा समस्या हुन्छ भन्ने थाहा हुँदा हुँदै पनि त्यसबाट मुक्ति पाउन सकेका हुँदैनन् । त्यस्तै लतमध्येको एक हो चुरोट ।

शुरुमा रहररहरमै सेवन गरिने चुरोट जब लत बन्छ तब त्यसलाई छुटाउन निक्कै मुस्किल नै पर्छ । तर आफ्नो मनलाई बहसमा राख्न सके तत्काल चुरोट छोड्न सकिने चिकित्सकहरु बताउँछन् ।

यदी तपाईंपनि चुरोटको अम्मली हुनुहुन्छ र छोड्न चाहानुहुन्छ भने केहि कुरामा सम्झौता गर्नुहोस् । चाँडै तपाईंले चुरोट छोड्नुहुनेछ ।

सबैभन्दा पहिला चुरोट खाने मानिसबाट टाढा रहनुहोस् । तपाईंको बानी विस्तारै हट्दै जान्छ ।

चुरोटको तलतल लाग्दा चिया, कफी वा अन्य कुनै खानेकुरा खानुहोस् । जसले तपाईंलाई चुरोट बिर्साउँछ ।

चुरोट छोड्छु भन्ने विषयमा आफू प्रतिबद्ध हुनुहोस् । आफ्नो मानसपटलमा चुरोटको हानी के हो त्यसलाई राख्नुहोस् ।

अरुले चुरोट खाएको देखेर खाने तलतल लाग्छ भने केही टाढा बस्नुहोस् । चिया खाजा खान जाँदा ‘नो स्मोकिङ जोन’ भएको ठाउँमा जानुभयो भने चाँडै तपाईंको हातमा हुने चुरोटको ठूटो हट्ने निश्चित छ।

प्रकाशित मिति : १६ जेष्ठ २०७६, बिहिबार  १० : ४४ बजे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई