कांग्रेसले भन्यो–धुर्मुस्–सुन्तली, किञ्चित नडग्मगाउनु ! « Khabarhub

कांग्रेसले भन्यो–धुर्मुस्–सुन्तली, किञ्चित नडग्मगाउनु !


१६ जेष्ठ २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा डोजर चलाउनेमाथि कारवाही गर्न माग गरेको छ ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले देश निर्माणको यात्रामा प्रेरणादायी कर्म गरिरहेकालाई निरुत्साहित पार्न प्रयत्न गर्ने जो भएपनि तिनीहरुलाई कडा कारवाही गर्न सरकारसँग माग गरेका हुन् ।

सामाजिक सञ्जालमा सन्देश लेख्दै प्रवक्ता शर्माले भनेका छन्,‘प्रिय धुर्मुस्–सुन्तली! किञ्चित नडग्मगाउनु, भत्काउनेहरुले होइन बनाउनेहरुले बनाउँछन् संसार, हेलो सरकार देश निर्माणको यात्रामा प्रेरणादायी कर्म गरिरहेकालाई निरुत्साहित पार्ने प्रयत्न गर्ने जो हुन् तिनलाई कडा कारवाही गरियोस् ।’

चितवनको भरतपुर महानरपालिका–१६ मा निर्माण शुरु भएको रंगाशालालाई बारिएको जस्तापाताको बार बुधबार बिहान केही स्थानीले भत्काएका थिए । प्रकाश कँडेलको नेतृत्वमा गएको समूहले डोजर लगाएर उक्त बार भत्काएको थियो ।

उक्त बार भत्काएपछि रंगलाशा निर्माणमा जुटेका धुर्मुसले भावुक हुँदै भीडियो सार्वजनिक गरेका थिए । त्यसपछि सामाजिक सञ्जालमा धुर्मुसको समर्थन र बार भत्काउनेको विरोध भएको थियो । बुधबार बिहान डोजर चलाएर बार भत्काउने कार्यमा संलग्न कँडेलसहित १७ जनालाई बेलुका प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७६, बिहिबार  ११ : २४ बजे

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा