धुर्मुस–सुन्तलीले बनाउन लागेको रंगशालाको बार भत्काउने कार्यमा संलग्न १७ जना पक्राउ « Khabarhub

धुर्मुस–सुन्तलीले बनाउन लागेको रंगशालाको बार भत्काउने कार्यमा संलग्न १७ जना पक्राउ


१६ जेष्ठ २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको जस्तापाताको बार भत्काउने १७ जनालाई प्रहरीले प्रक्राउ गरेको छ ।

बुधबार बिहान रंगशालाको बारमा डोजर चलाउने समूहको नेतृत्व गरेका प्रकाश कँडेलसहित १७ जनालाई चितवन प्रहरीले पक्राउ गरेको हो ।

निर्णाधीन रंगशाला भत्काउन डोजर चलाएपछि उनीहरुलाई प्रहरीले खाजी गरेको थियो । भत्काउने कार्यमा संलग्न उनीहरुलाई बुधबार राति नियन्त्रणमा लिएको चितवन प्रहरीले जनाएको छ ।

जनताबाट लगानी जुटाइ नेपाली खेलकुदको विकासका लागि कलाकार द्वय सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमीरे ‘सुन्तली’ ले नेपाली क्रिकेटको विकासलाई प्राथमिकतामा राख्दै रंगशाला निर्माण थालेका थिए ।

रंगशालाको बारबेर भत्काएपछि धुर्मुस सुन्तलि फाउन्डेसनका निर्देशक सिताराम कट्टेलले आपत्ति जनाएका थिए । उनले सामाजिक अभियान स्वरुप बनाउन लागिएको संचनामा स्थानीयको अवरोधले काम गर्न अफ्ठ्यारो हुने बताएका थिए ।

स्थानीयले विरोध जनाएपछि भावुक बनेका धुर्मुसले आफ्नो जीनको सबैभन्दा कारुणीक क्षण भएको उल्लेख गरेका थिए ।

यससँगै फाउन्डेशनले कर्मचारीको जीउ ज्यानको सुरक्षाको प्रत्याभूति र कार्यवातावरण नभएको भन्दै तत्कालका लागि रंगशाला निर्माणको काम रोकेको जनाएको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७६, बिहिबार  १२ : ०२ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया