संसारकै खतरनाक भाइरसयुक्त ल्यापटप लाखौँ डलरमा बिक्री « Khabarhub

संसारकै खतरनाक भाइरसयुक्त ल्यापटप लाखौँ डलरमा बिक्री


१६ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- संसारकै खतरनाक ६ किसिमका भाइरस भएको एक ल्यापटप अनलाइनमार्फत बिक्री भएको छ । खतरनाक भाइरसयुक्त उक्त ल्यापटप एक दशमलब २ मिलियन (दश लाख २० हजार डलर) मा बिक्री भएको हो । उक्त ल्यापटपमा रहेका भाइरसले विश्वभर एक सय बिलियन डलरभन्दा बढी क्षति पुर्‍याएको बताइन्छ ।

सामसुङ एनसी १०-१४ जीबी १०.२ इन्च ल्यापटप (२००८) लाई द पर्सिस्टेन्स अफ क्यायस आर्ट वर्क नामक दिइएको छ । यसका लिलामी साइबर सेक्युरिटी फर्म डिप इन्स्टिक्टले गरेको हाशे । उक्त फर्मले उक्त ल्यापटपमा भएका भाइरस कुनै पनि किसिमले खतरनाक साबित नहोस् भन्नका लागि पर्याप्त कदम उठाउन आवश्यक रहेको जनाएको छ । उक्त ल्यापटप इन्टरनेट सञ्जालमा सिधा जोडिएको छैन । यसलाई इन्टरनेटमा नजोडिनुको कारण कुनै दोस्रो नेटवर्कमा भाइरस सरेर नजाओस् भन्नेमा ध्यान राखिएको हो । यसका साथै उक्त ल्यापटप खरिद गर्ने व्यक्तिलाई ल्यापटप दिनुअघि त्यसको इन्टरनेट क्षमतालाई निस्क्रिय पारिएको छ ।

आई लभ यु, माईडुम, भानाक्राई, डार्क टेकुला तथा ब्लाक एनर्जी नामक भाइरस उक्त ल्यापटपमा रहेको जनाइएको छ । जानकारहरुका अनुसार भाइरसले भरिएको उक्त ल्यापटप बिक्री गर्न सम्भव थिएन । तर पनि त्यसलाई आर्ट वर्क रुपमा बेचिएको हो । शैक्षिक अध्ययन तथा अनुसन्धानका लागि मात्रै लिलामी गरिएको बताइएको छ । कुनै प्रयोगको उद्देश्यले भने मालवेयरलाई बिक्री गरिनु गैर-कानूनी हुने लिलामीमै सर्त राखिएको थियो ।

उक्त ल्यापटपमा भएका ६ भाइरसमध्ये अझै पनि केहीले ठूलो क्षति पुर्‍याउन सक्नेछ । यसअघि नै ति भाइरसले ठूलो क्षति पुर्‍याइसकेका छन् । वानाक्राई रेनसमवेयर नामक भाइरसले युकेको नेसनल हेल्थ सर्भिसमा एक सय बिलियन डलरको क्षति पुर्‍याएको थियो । विश्वका करिब दुई लाख कम्प्युटर यसबाट प्रभावित भएका थिए । सन् २०१५ मा युक्रेनमा ब्लाक एनर्जी नामक भाइरसले ब्लाक आउट गरेको थियो ।

प्रकाशित मिति : १६ जेठ २०७६, बिहीबार  १ : २५ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी