प्रियंकाको ‘रेड कार्पेट’ मोह– बाघझैं गइन्, बिरालो बनेर फर्किन् ! « Khabarhub

प्रियंकाको ‘रेड कार्पेट’ मोह– बाघझैं गइन्, बिरालो बनेर फर्किन् !


१६ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कहिलेकाहीँ बढी उत्साहित हुँदा कसरी ‘लख्रक्क’ परिन्छ भन्ने उदाहरण बनेकी छिन् नायिका प्रियंका कार्की । कान्स फिल्म फेस्टिभलमा आफ्नो परिवारका साथ मिडियामा आएकी प्रियंका कान्समा सहभागिता जनाएपछि भने लुसुक्क फर्किन् ।

न कान्समा उनको चर्चा भयो, न त प्रियंकाले भनेजस्तै अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उनको रहर नै पूरा भयो । बरु उनले कान्समा भेटिएका फिल्ममेकरलाई झण्डै सयवटा ‘भिजिटिङ कार्ड’ शेयर गरिन् ।

कान्समा सहभागी हुन जाँदा प्रियंकाले आफू जानेबारे मिडियालाई जानकारी गराएकी थिइन् । तर, कान्सबाट फर्कदा भने प्रियंकाले कसैलाई खबर गरिनन् । खास कान्समा सहभागी हुन जानुभन्दा बढी चर्चा त सहभागी भएर फर्किँदा हुनुपर्ने थियो ।

तर, यसको ठ्याक्कै उल्टो भयो । प्रियंकाले जानुअघि कान्समा सहभागी भएर रेड कार्पेटमा हिँड्ने बताएकी थिइन् । जसका कारण मिडिया तथा प्रशंसकलाई प्रियंकाको रेड कार्पेटमा हिँडेको उत्साहजनक तस्वीर शेयर गर्ने उनको धोको भने पूरा भएन ।

बरु कान्समा पुग्नासाथ प्रियंकाले सामाजिक सञ्जालमा शेयर गरेका तस्वीरहरुमा बलिउड अभिनेत्री प्रियंका चोपडाको ड्रेस मात्र होइन, लूक्स पनि चोरी भएको आरोप पाइन् । प्रियंकालाई इन्स्टाग्राममा यति धेरै गालीको वर्षात् भयो कि, उनले कमेन्ट नै गर्न नमिल्ने बनाइदिइन् ।

लगत्तै उनले शेयर गरेका अन्य तस्वीरमा पनि उनलाई रेड कार्पेटमा हिँडेको देखिएन । बरु दीपिका पादुकोणले लगाएको ड्रेस डिजाइन चोरी गरेको आरोप खेपिन् । यसबारे प्रियंकाले नबोलेरै जितिन् ।

प्रियंकाले जाने बेलामा पत्रकारमाझ भनेकी थिइन्, ‘मैले यो मौका पाउँदा निकै खुशी छु, मलाई कान्सले नै आमन्त्रण गरेको हो ।’ उनले आफू रेड कार्पेटमै हिँड्नका लागि कान्समा सहभागी हुन लागेको पनि दाबी गरेकी थिइन् । तर, न त प्रियंका कान्सको रेड कार्पेटमा हिँडिन्, न त उनलाई कान्सले आधिकारिक रुपमा बोलाएको नै थियो ।

खुबै उत्साहित भएर कान्समा सहभागी हुन फ्रान्स हानिएकी प्रियंकाले फर्किएपछि मात्र सत्य ओकलिन्, ‘मलाई एडभेन्चर अफ ह्यमानिटी नामक संस्थाले निमन्त्रणा गरेको हो ।’

अहिले फर्किएपछि भने कान्समा जाँदा कसैलाई खबर नगरी जाने योजनामा आफू रहेको बताउने प्रियंकाले रेड कार्पेटमा हिँड्न नपाए पनि त्यहाँ पुग्नु नै आफूलाई भाग्यमानी ठानेको बताउँछिन् । यो पललाई उनले महत्त्वपूर्ण सफलताका रुपमा लिएकी छिन् । तर नेपाली फिल्मका फ्यानहरुले भने प्रियंका कान्समा सहभागी हुन जाने बेलामा ‘बाघ’ झैं गर्जेर गएको र फर्किएर आउँदा भने बिरालो झै लुसुक्क आएको भन्दै टिप्पणी गरेका छन् ।

ठूलै हल्लाखल्ला गरेर प्रियंका कान्समा पुगिन् । मिडियाको चासो बनिन् । नेपालस्थित फ्रान्स दूतावासलाई धन्यवाद दिइन् । र, पूरै सेलाएर फर्केर आइन् । यस्तो देखियो, प्रियंकाले आफै हल्लाखल्ला गरिन् र चर्चा कमाउने प्रयास गरिन् ।

कान्समा सहभागी हुँदा नयाँ अनुभव बटुलेको बताउने प्रियंकाले आफ्नै स्वार्थ र चर्चाका लागि किन नहोस्, तर कुनै न कुनै रुपमा नेपाली सेलिब्रेटीको वृत्तिलाई पनि जोडेकी छिन् । राज्य र अन्य संस्थाले केही गर्न नसकिरहेका बेला प्रियंकाको प्रयास सह्रानीय छ ।

प्रकाशित मिति : १६ जेठ २०७६, बिहीबार  १० : २४ बजे

अध्यादेशबाट हटाइए पुराना, तर सरकारसँग छैन नयाँ ल्याउने नयाँ तरिका

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था

सडक, पुल र अस्पताल निर्माण गर्न स्रोत सहमतिका लागि आयोगको सिफारिस

काठमाडौं- राष्ट्रिय योजना आयोगले विभिन्न आठ वटा सडक आयोजनाको बहुवर्षीय

ट्राफिक प्रहरीद्वारा चैत मसान्तसम्म २६ करोड बढी राजस्व सङ्कलन

काठमाडौं- काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको चैत

चितवनका विद्यालयलाई ‘स्कुलबस सञ्चालन निर्देशिका’ कार्यान्वयन गर्न अनुरोध

चितवन- भरतपुर महानगरपालिकाभित्र सञ्चालित स्कुल बसलाई निर्देशिका कार्यान्वयन गर्न निर्देशन

अमेरिका पक्षधर देशले हर्मुजमा कठिनाइको सामना गर्नुपर्ने इरानको चेतावनी

तेहरान- इस्लामिक गणतन्त्र इरानविरुद्ध संयुक्त राज्य अमेरिकाले लगाएका प्रतिबन्धहरूको पालना