मोदीलाई बधाई दिन दिल्ली उडे ओली « Khabarhub

मोदीलाई बधाई दिन दिल्ली उडे ओली


१६ जेष्ठ २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा सहभागी भएर उनलाई बधाई तथा शुभकामना दिन प्रधानमन्त्री केपी शर्मा ओली  बिहीबार नयाँदिल्लीतर्फ प्रस्थान गरेका छन्  ।

प्रधानमन्त्री ओली मोदीले दोस्रो कार्यकालका लागि राष्ट्रपति रामनाथ कोविन्दसमक्ष लिने शपथग्रहण कार्यक्रममा सहभागी हुनेछन्। भारतका नवनिर्वाचित प्रधानमन्त्री मोदी र उनको मन्त्रिपरिषद्ले बिहीबार अपराह्न शपथ ग्रहण गर्दैछ।

यसपटक मोदीले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रलाई सपथग्रहण कार्यक्रमका लागि बोलाएका छन् ।  प्रधानमन्त्री ओली पनि बिम्स्टेक सदस्य मुलुककै सरकार प्रमुखको रुपमा मोदीको सपथग्रहणमा सहभागी हुनेछन् ।

पहिलोपटक प्रधानमन्त्री हुँदा मोदीले सार्क सदस्य राष्ट्रका प्रमुख तथा सरकार प्रमुखलाई निम्ता गरेका थिए ।

प्रकाशित मिति : १६ जेष्ठ २०७६, बिहिबार  २ : ५९ बजे

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट