महिलाको उत्थानविना समाजको उत्थान सम्भव छैनः प्रधानमन्त्री | Khabarhub Khabarhub

महिलाको उत्थानविना समाजको उत्थान सम्भव छैनः प्रधानमन्त्री


१६ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले महिला उत्थानका लागि समान अवसर जरुरी रहेको बताएका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले विहीबार आयोजना गरेको ‘प्रथम राष्ट्रिय महिला अधिकार दिवस–२०७६’मा उनले महिलालाई हेला होइन समान अवसर दिनुपर्ने धारणा राखे ।

उनले महिलाको उत्थानविना समाजको उत्थान सम्भव छैन भन्दै त्यसका लागि समान अवसर जरुरी रहेको बताए । उनले कार्यकारी तहमा महिलालाई पुर्‍याउन राज्यको नीति रहेको हुँदा अब महिलाले अवसर पाउने बताए ।  स्थानीय तहमा महिला उपाध्यक्ष धेरै रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने,‘अब माथिकै तरिकाले राष्ट्रपति महिला र उपराष्ट्रपति पुरुष जसरी सच्याउँदै ल्याउनुपर्छ ।’

संघमा ३३ प्रतिशत र स्थानीय तहमा ४० प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित हुनुलाई पनि उपलब्धिका रुपमा लिनुपर्नेमा उनले जोड दिए ।
सरकारमा महिलाको उपस्थिति कमजोर भए पनि संसद् र संसदीय सभापतिमा महिलाको सहभागिता राम्रो रहेको स्मरण गरे । अहिले देशमा महिला साहित्य, चेतना, राजनीतिक परिवर्तनमा समेत अग्रणी भूमिकामा रहेको उल्लेख गर्दै राजनीतिक परिवर्तनका निमित्त योगमायाले गरेको योगदान भुल्न नहुने उल्लेख गरे ।

महिलाको अधिकारको प्रस्ताव पारित भएको दिनको सम्झनामा सरकारले यस वर्षदेखि राष्ट्रिय महिला अधिकार दिवस मनाउन शुरु गरेको हो । ‘लैङ्गिक विभेदको अन्त्यः समृद्ध नेपालको गन्तव्य’ यस वर्षको नारा तय गरिएको थियो ।

प्रकाशित मिति : १६ जेठ २०७६, बिहीबार  ३ : ५२ बजे

अन्तर्राष्ट्रिय बेलुन महोत्सव पोखरामा सुरु (तस्बिरहरू)

कास्की– पर्यटकीय नगरी पोखरामा आजदेखि  अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु भएको

एकीकृत समाजवादी गण्डकी प्रदेशको अधिवेशन पोखरामा

काठमाडौं– नेकपा एकीकृत समाजवादी गण्डकी प्रदेशको प्रथम अधिवेशन यही पुस

वीरगञ्ज नाकाबाट चारपाङ्ग्रे सवारीको आयात घट्यो

वीरगञ्ज– वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा

चार वरिष्ठ चिकित्सक ‘स्वास्थ्य सेवा’ पुरस्कारबाट सम्मानित

काठमाडौं– दैलेखी सेवा समाजले मुलुकका विभिन्न विधाका चार वरिष्ठ चिकित्सकलाई

सहकारी ठगी मुद्दामा आज रविसँग बयान

पोखरा– कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा जोडिएका