सुहाना बनिन् कृष्ण भक्त, ‘ए मेरो हजुर ३’ को कलेक्सन दश करोड ! | Khabarhub Khabarhub

सुहाना बनिन् कृष्ण भक्त, ‘ए मेरो हजुर ३’ को कलेक्सन दश करोड !


१६ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘ए मेरो हजुर ३’ को ‘राधे कृष्ण’ गीत युट्युबमा रिलिज गरिएको छ । फिल्ममा समावेश यो गीतमा झरना थापाकी छोरी सुहाना थापालाई कृष्ण भक्तका रुपमा देखाइएको छ ।

गीतमा प्रतीक पौडेलको संगीत र शब्द सुन्न सकिन्छ भने प्रविशा अधिकारी र सुरज लामाले स्वर दिएका छन् । यस्तै भिडियोमा कविराज गहतराजको कोरियोग्राफी देख्न सकिन्छ ।

सुनीलकुमार थापाले निर्माण गरेको यो फिल्ममा अनमोल केसी र सुहाना थापाको जोडी रहेको छ । फिल्ममा सुहाना र अनमोलले आर्या र प्रेमको भूमिकामा अभिनय गरेका छन् । सुहानाका लागि यो डेब्यु फिल्म हो भने उनले अभिनयका कारण चर्चा पाएकी छिन् ।

यसैबीच यो फिल्मले आजसम्म झण्डै दश करोड कमाइ गरेको बताइएको छ । स्रोतका अनुसार यो फिल्मले नेपालबाट मात्र ९ करोड ६३ लाखको ग्रस कलेक्सन गरेको छ । पछिल्लो समय फिल्म व्यावसायिक रुपमा असफल रहेका बेला  फिल्मले उच्च व्यापार गरेको थियो । ‘ए मेरो हजुर ३’ ले व्यावसायिक सफलता पाए पनि समीक्षकबाट भने तारिफ पाउन सकेन ।

प्रकाशित मिति : १६ जेठ २०७६, बिहीबार  ५ : ०४ बजे

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड