विहीबार नेप्से ५.५ अंकले बढ्यो « Khabarhub

विहीबार नेप्से ५.५ अंकले बढ्यो


१६ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शेयर बजारको परिसूचक नेप्से बिहीबार ५.५८ अंकले बढेको छ । सो अंक बढेसंगै नेप्से १३१९ बिन्दुमा कायम भएको छ ।

सेन्सेटिभ परिसूचक पनि १.१३ अंकले बढेको छ । विहीबार शिवम् सिमेन्टले सबै भन्दा बढी (१७ करोड)को कारोबार गरेको छ । आजको शेयर बजारमा १७४ कम्पनीको ४८ लाख ९४ हजार ६ सय ८१ कित्ता शेयर १ अर्व ५२ करोड ८१ लाख ५१ हजार ७ सय ९२ रुपैयाँमा कारोबार भएको छ । जसमा ११ उपसमूह मध्ये ४ उपसमूह बढेका छन् भने ७ उपसमूह घटेका छन् ।

बैंकिङ १०.९५, अन्य २.०७, जीवन बीमा ९.५४, सामूहिक कोष ०.०७ अंकले बढेका छन् । होटेल्स १८.५४, बिकास बैंक ४.४४, हाइड्रो पावर ५.२९, फाइनान्स ०.०९, निर्जीवन बीमा ६.७९, उत्पादन २४.३५, माइक्रो फाइनान्स १.७८ अंकले घटेका छन् । विहीबार सबै भन्दा बढी नाफा कमाउने कम्पनीमा हिमालयन उर्जा बिकास, रैराङ हाइड्रो पावर, एनआइसी एशिया ग्रोथ फन्ड, ग्रीन डेभ्लप्मेन्ट बैंक, वर्ल्ड मर्चेन्ड बैंकिङ, मल्टिपर्पस फाइनान्सका लगानीकर्ता रहेका छन् ।

त्यस्तै सबै भन्दा बढी गुमाउनेमा पाँचथर पावर कम्पनी, नेश्नल माइक्रो फाइनान्स, कन्काई बिकास बैंक, बेस्ट फाइनान्स कम्पनी, महिला सहयात्रा माइक्रो फाइनान्स, सिनर्जी पावरका लगानीकर्ता रहेका छन् ।

प्रकाशित मिति : १६ जेठ २०७६, बिहीबार  ४ : ४८ बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्