विहीबार नेप्से ५.५ अंकले बढ्यो | Khabarhub Khabarhub

विहीबार नेप्से ५.५ अंकले बढ्यो


१६ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शेयर बजारको परिसूचक नेप्से बिहीबार ५.५८ अंकले बढेको छ । सो अंक बढेसंगै नेप्से १३१९ बिन्दुमा कायम भएको छ ।

सेन्सेटिभ परिसूचक पनि १.१३ अंकले बढेको छ । विहीबार शिवम् सिमेन्टले सबै भन्दा बढी (१७ करोड)को कारोबार गरेको छ । आजको शेयर बजारमा १७४ कम्पनीको ४८ लाख ९४ हजार ६ सय ८१ कित्ता शेयर १ अर्व ५२ करोड ८१ लाख ५१ हजार ७ सय ९२ रुपैयाँमा कारोबार भएको छ । जसमा ११ उपसमूह मध्ये ४ उपसमूह बढेका छन् भने ७ उपसमूह घटेका छन् ।

बैंकिङ १०.९५, अन्य २.०७, जीवन बीमा ९.५४, सामूहिक कोष ०.०७ अंकले बढेका छन् । होटेल्स १८.५४, बिकास बैंक ४.४४, हाइड्रो पावर ५.२९, फाइनान्स ०.०९, निर्जीवन बीमा ६.७९, उत्पादन २४.३५, माइक्रो फाइनान्स १.७८ अंकले घटेका छन् । विहीबार सबै भन्दा बढी नाफा कमाउने कम्पनीमा हिमालयन उर्जा बिकास, रैराङ हाइड्रो पावर, एनआइसी एशिया ग्रोथ फन्ड, ग्रीन डेभ्लप्मेन्ट बैंक, वर्ल्ड मर्चेन्ड बैंकिङ, मल्टिपर्पस फाइनान्सका लगानीकर्ता रहेका छन् ।

त्यस्तै सबै भन्दा बढी गुमाउनेमा पाँचथर पावर कम्पनी, नेश्नल माइक्रो फाइनान्स, कन्काई बिकास बैंक, बेस्ट फाइनान्स कम्पनी, महिला सहयात्रा माइक्रो फाइनान्स, सिनर्जी पावरका लगानीकर्ता रहेका छन् ।

प्रकाशित मिति : १६ जेठ २०७६, बिहीबार  ४ : ४८ बजे

पशुपतिनाथको भेटी चोरेको आरोपमा आठ जना पक्राउ

काठमाडौं – भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी

आगलागीको क्षति विवरण सङ्कलन गर्न समिति गठन

तनहुँ –तनहुँको व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनका सटरमा आज भएको

हरेक वर्ष कोइलावासमा पानीको समस्या

दाङ – गढवा गाउँपालिका–८ कोइलाबास निवासी ध्रुवरत्न तुलाधरलाई गर्मी याम

एक सय सात किलो गाँजासहित कार चालक पक्राउ

महोत्तरी – महोत्तरी प्रहरीले एक सय सात किलो गाँजासहित आज

भूकम्पले भत्किएका सात सय ७० सम्पदा पुनःनिर्माण सम्पन्न

काठमाडौं – विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सम्पदामध्ये