पानी परेपछि सुदूरपश्चिम र प्रदेश ५ को खेल रद्द « Khabarhub

पानी परेपछि सुदूरपश्चिम र प्रदेश ५ को खेल रद्द


१६ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रधानमन्त्री कप क्रिकेट अन्तर्गत सुदूरपश्चिम र प्रदेश ५ वीचको खेल रद्द भएको छ । खेल जारी रहेको अवस्थामा भीषण पानी परेपछि खेल रद्द गरिएको हो । सुदूर पश्चिमले दिएको १ सय ८९ रनको लक्ष्य पछ्याउने क्रममा मैदानमा वर्षा भएपछि खेल सुचारु हुन सकेन ।

१९ ओभरको खेल सकिँदा प्रदेश ५ ले ४ विकेटको क्षतिमा ५६ रन बनाएको थियो । त्यसपछि दुबै टिमले अंक बाँढेका छन् । पहिलो खेलमा पराजित भएका दुबै टोलीलाई आज अंक बाँढ्नु पर्दा घाटा लागेको छ । अझ बढी घाटा सुदूरपश्चिमलाई लागेको छ । कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले ४९ ओभर ५ बलमा एक सय ८८ रनमा अलआउट भयो । सुरुवात राम्रो गर्न नसकेको सुदुरले १९ रनमा पहिलो विकेट गुमायो ।

त्यसपछि ३३ रनमा दोस्रो विकेट खेर फालेको उसले ६१ रनमा तेस्रो विकेट गुमायो । एकपछि अर्को विकेट गुमाएको सुदुरले ८१ रनमा ५ विकेट खेर फालेको थियो । सुदुरका लागि खड्क बोहोराले ६२ तथा लोकेश बमले १९ रन बनाए । यस्तै नरेश बोहोराले ३१ रनको योगदान गरे । यस्तै अन्तिममा नरेन्द्र साउदले २१ रनको योगदान गरे । बलिङमा प्रदेश ५ का शिद्धान्त शाहीले दुई विकेट हात पारे ।

प्रकाशित मिति : १६ जेठ २०७६, बिहीबार  ५ : ०८ बजे

नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’ मा शिल्पा पोखरेलको अभिनय

काठमाडौँ – नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’

कांग्रेसमा थारूतर्फका तीन पदको मतगणना सुरु

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थारू क्लस्टरका सहमहामन्त्री, खुला केन्द्रीय सदस्य

कांग्रेसमा ३५ वर्षमुनिका केन्द्रीय सदस्य को-को बने ?

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सात प्रदेशबाट ३५ वर्षमुनिका युवा खुला

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

दाङ – ठगी मुद्दामा फरार रहेका तीन जना प्रतिवादीलाई प्रहरीले