प्रधानमन्त्री ओली दिल्लीमा | Khabarhub Khabarhub

प्रधानमन्त्री ओली दिल्लीमा


१६ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुन भारत प्रस्थान गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिल्लीमा भारतीय विदेश मन्त्रालयका सचिव (पश्चिम) ए गितेश शर्माले स्वागत गरेका छन्।

विहीबार भारत प्रस्थान गरेको प्रधानमन्त्री ओलीलाई नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमामा भारतीय विदेश मन्त्रालयका सचिव गितेश शर्माले स्वागत गरेका हुन् ।

ओलीलाई स्वागत गर्न भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य र नेपालका लागि भारतीय राजदूत मन्जिब सिंह पुरी समेत उपस्थिति भएका थिए ।

मोदीले यसपटकको सपथ ग्रहण समारोहमा बिमस्टेक सदस्य राष्ट्रहरूलाई बोलाएका छन्। बिमस्टेकमा नेपाल, बंगलादेश, भारत, म्यानमार, श्रीलंका, थाइल्याण्ड र भुटान सदस्य छन्। मोदीले बिहिबार नै आफ्नो दोस्रो कार्यकालको सपथ लिने कार्यक्रम छ।

प्रकाशित मिति : १६ जेठ २०७६, बिहीबार  ५ : २२ बजे

सिन्धुलीको गोलाञ्जोरबाट एकै परिवार १६ जना गायब, भान्साको छाप्रोमा लागेको थियो आगो

सिन्धुली- सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ स्थित भण्डास बिप्पर कटेरीबाट एकै परिवारका १६

सामान्य रमाइलो गर्दा गयो जिरीका नुर्बु शेर्पाको ज्यान 

दोलखा– भनिन्छ दशा बाजा बजाएर आउँदैन आखिर त्यस्तै भएको छ

जनशक्ति अभावले एक्स-रे मेसिन प्रयोगविहीन

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–४ स्थित पिपलाडी स्वास्थ्य चौकीमा जनशक्ति अभावका कारण

हामी निजी क्षेत्रसँग मिलेर काम गर्न चाहन्छौं : मन्त्री पाण्डे

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सरकारले निजी

बिहानै कागती हालेर मनतातो पानी पिउनु हुन्छ ?

काठमाडौं– मानिसहरू प्रायः उठ्ने बित्तिकै एक गिलास मनतातो पानीमा कागती