एउटै लाइसेन्स बनाएको ३० हजार घुस ! « Khabarhub

एउटै लाइसेन्स बनाएको ३० हजार घुस !


१६ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाएको ३० हजार रुपैयाँ घुस लिने १ कर्मचारी र २ जना लेखापढी व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय वीरगन्जमा कार्यरत नायव सुब्बा बद्रिप्रसाद दाहाल तथा लेखापढी व्यवसायीहरु रोशनकुरमा रौनियार र सुनिल कुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारको टोलीले केही दिन अगाडि लेखापढी व्यवसायी रौनियार र यादवलाई ३० हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो ।

रौनियार र यादवको बयानका आधारमा यातायात कार्यालयको नायब सुब्बा बद्रिप्रसाद दाहालविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको हो ।

अख्तियारले गरेको अनुसन्धान अनुसार उनीहरुले स्काभेटरको लाइसेन्स बनाइदिने भन्दै सेवाग्राहीसँग ३० हजार घुस मागेका थिए ।

प्रकाशित मिति : १६ जेठ २०७६, बिहीबार  ६ : १९ बजे

जेन-जी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह : अर्थ मन्त्रालय

काठमाडौं– अर्थ मन्त्रालयले ‘जेन-जी आन्दोलनको बुझाइ : मूल कारण, वास्तविकता

ओली हार्दा प्रधानमन्त्री कार्की चकित, भनिन् ‘मैले त्यस्तो होला भन्ने कल्पना गरेको थिइनँ

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

प्रत्यक्षमा आठ सिट जितेको नेकपाले समानुपातिकमा पठायो यी नौ नाम

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले

राजनीति तात्दा सिनेमा हलको कन्तबिजोग

काठमाडौं – देशमा राजनीतिक घटनाक्रम चर्चामा रहँदा फिल्मी गतिविधिहरू छायाँमा

जेन–जी आन्दोलन : भ्रष्टाचार र नेतृत्वप्रति अविश्वास नै विद्रोहको मुख्य कारण

काठमाडौं– भदौ २३ र २४ गते नेपालमा भएको ऐतिहासिक ‘जेन–जी’