रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान स्थापना « Khabarhub

रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान स्थापना


१६ जेष्ठ २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– पूर्वमन्त्री तथा नेकपाका नेता रवीन्द्रप्रसाद अधिकारीको स्मृतिमा ‘रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान’ स्थापना भएको छ ।

प्रतिष्ठान तदर्थ समितिका अध्यक्षमा नेता अधिकारीकी पत्नी विद्या भट्टराई, उपाध्यक्षमा गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापा र महासचिवमा धनराज आचार्य रहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले यही जेठ १८ गते प्रतिष्ठानको औपचारिक घोषणा गर्ने जनाइएको छ ।

पोखरामा विहीबार आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठान तदर्थ समितिका अध्यक्ष भट्टराईले जनताका नेता अधिकारीको विचार र राष्ट्रका लागि उनले पु¥याएको योगदानलाई चिरस्थायी बनाउन प्रतिष्ठान स्थापना गरिएको बताए ।

उनले विकास, राजनीति र संस्कृतिको अनुसन्धानमा जोड दिने, विश्वविद्यालय स्थापना गर्ने तथा प्राविधिक क्षेत्रमा मानव स्रोत संसाधनको विकास गर्न प्रतिष्ठान लागिरहने जानकारी दिए ।

प्रतिष्ठानका उपाध्यक्ष थापाले अन्य प्रतिष्ठानभन्दा रवीन्द्र अधिकारी प्रतिष्ठान फरक रहने र यसले अधिकारीको नामलाई जनजनमा चिरस्थायी बनाउने बताए । प्रतिष्ठानका महासचिव आचार्यले प्रतिष्ठान गैरनाफामूलक संस्था रहने र यसमा तीन किसिमका सदस्यता रहने जानकारी दिए ।

युवा नेता अधिकारीको पाथीभरा क्षेत्रमा हवाई दुर्घटनामा परी गत फागुन १५ गते ५० वर्षका उमेरमा निधन भएको थियो ।

प्रकाशित मिति : १६ जेष्ठ २०७६, बिहिबार  ८ : ११ बजे

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल