अवैध काठ ओसारपसार गर्ने तीन जना पक्राउ | Khabarhub Khabarhub

अवैध काठ ओसारपसार गर्ने तीन जना पक्राउ


१६ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया–बर्दियाको राजापुरमा अवैध रुपमा काठ ओसारपसार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । अवैध काठा ओसारपसार भइरहेको सूचना पाएसँगै प्रहरी बर्दिया नगरपालिका–९ चैनपुरबाटबाट तीन जनालाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ पर्नेमा ३१ वर्षीय लक्ष्मण थारु, २४ वर्षीय विनय थारु र २२ वर्षीय पहरु थारु रहेका छन् । उनीहरुलाई ४० क्युफिट सिसौको काठको गोलियासहित पक्राउ गरिएको हो । काठ ओसार पसारमा प्रयोग गरिएको डल्लप तथा भे ७ प ४६६४ नम्बरको मोटरसाइकलसमेत बरामद गरिएको इलाका प्रहरी कार्यालय राजापुरका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।

यस्तै प्रहरीले भोगपुरस्थित मिल नजिक खेतमा लुकाई राखेको २८ क्युफिट सिसौको काठसमेत बरामद गरेको छ । पक्राउ परेका तीनै जनामाथि आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ जेठ २०७६, बिहीबार  १० : ३५ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’