प्रधानमन्त्री ओली भारतीय प्रधानमन्त्री मोदीको शपथ ग्रहणमा सरिक « Khabarhub

प्रधानमन्त्री ओली भारतीय प्रधानमन्त्री मोदीको शपथ ग्रहणमा सरिक


१६ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण कार्यक्रममा सहभागी भएका छन् ।

नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि विहीबार साँझ भारतीय राष्ट्रपति भवन नयाँ दिल्लीमा प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका हुन् । प्रधानमन्त्री ओली भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा औपचारिक भ्रमणका लागि विहीबार नै भारतको प्रस्थान गरेका थिए ।
प्रधानमन्त्री ओलीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, स्वकीय सचिव राजेश बज्राचार्य सहभागी भएका छन् । भारत सरकारले शपथ ग्रहण समारोहमा आमन्त्रित गरेका छिमेकी मुलुकका अतिविशिष्ट आठ अतिथिमध्ये प्रधानमन्त्री ओली एक हुन् ।

प्रधानमन्त्री ओलीको शुक्रबार भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ताको कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिए । प्रधानमन्त्री ओली शुक्रबार अपराह्न साढे ५ बजे स्वदेश फर्कने कार्यतालिका रहेको छ ।

यसअघि भारतको लोकसभाको निर्वाचनमा मोदीको विजयपछि सन् २०१४ मा पहिलो कार्यकालका लागि भएको शपथ ग्रहण समारोहमा सरकार प्रमुखका हैसियतले तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेपालबाट सहभागी भएका थिए ।

प्रकाशित मिति : १६ जेठ २०७६, बिहीबार  १० : ४७ बजे

‘चुनौतीकाबीच सम्मानजनक मत पायौँ’

काठमाडौं– उज्यालो नेपाल पार्टीले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा

जेन-जी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह : अर्थ मन्त्रालय

काठमाडौं– अर्थ मन्त्रालयले ‘जेन-जी आन्दोलनको बुझाइ : मूल कारण, वास्तविकता

ओली हार्दा प्रधानमन्त्री कार्की चकित, भनिन् ‘मैले त्यस्तो होला भन्ने कल्पना गरेको थिइनँ

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

प्रत्यक्षमा आठ सिट जितेको नेकपाले समानुपातिकमा पठायो यी नौ नाम

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले

राजनीति तात्दा सिनेमा हलको कन्तबिजोग

काठमाडौं – देशमा राजनीतिक घटनाक्रम चर्चामा रहँदा फिल्मी गतिविधिहरू छायाँमा