विश्वकप क्रिकेटः इ‌ग्ल्याण्डको शानदार शुरुवात, १०४ रनको फराकिलो जित « Khabarhub

विश्वकप क्रिकेटः इ‌ग्ल्याण्डको शानदार शुरुवात, १०४ रनको फराकिलो जित


१६ जेष्ठ २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत उद्घाटन खेलमा आयोजक इंग्ल्याण्डले शानदार सुरुवात गरेको छ । उसले दक्षिण अफ्रिकालाई एक सय चार रनको अन्तरले पराजित गरेको हो ।

बेलायतस्थित द ओभल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ११ रन बनाएको थियो। कमजोर सुरुवात गरे पनि इंग्ल्याण्डको पारीलाई जेसोन रोय र जोय रुटले सम्हालेका थिए । एक रनमा पहिलो विकेट गुमाएको उसका लागि रोय र रुटले दोस्रो विकेटका रुपमा एक सय ६ रनको साझेदारी गरे । जसमा रोय ५४ रनमा आउट हुन पुगे ।

इंग्ल्याण्डका लागि जोय रुटले ५१ रन बनाए भने इयोन मोर्गनले ५७ रन बनाए । मोर्गन र बेन स्कोट विच चौथो विकेटका लागि एक सय ६ रनको साझेदारी भएको थियो । उसको पारीमा जोस बट्लरले १८ रन बनाउदा मोयन अलीले मात्र तीन रन जोडे । बेन स्टोकले ८९ रन बनाए । यस्तै चाल्र्स वोक्सले १३ रन थपे । बलिङमा इमरान ताहिरले २ र लुगंल नेगिडीले तीन विकेट हात पारे । प्रतियोगिताको उदघाटन राजकुमार हेरीले गरेका थिए ।

३ सय १२ रनको विजयी लक्ष्यका साथ मैदानमा उत्रिएको दक्षिण अफ्रिका ३९ ओभर ५ बलमा दुई सय सात रनमा अलआउट भयो । उसका लागि क्विन डी ककले ६८ तथा भान देर डुसेनले ५० रन बनाए । तर अरु खेलाडी एकपछि अर्को रुपमा आउट हुँदा दक्षिण अफ्रिकाले प्रतियोगिताको पहिलो खेलमा नै हार ब्यहोर्यो । बलिङमा इंग्ल्याण्डका जोफ्रे आर्चरले तीन तथा बेन स्टोकले दुई विकेट लिएका थिए ।

प्रकाशित मिति : १६ जेष्ठ २०७६, बिहिबार  १० : ५९ बजे

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर