विश्वकप क्रिकेटः इ‌ग्ल्याण्डको शानदार शुरुवात, १०४ रनको फराकिलो जित « Khabarhub

विश्वकप क्रिकेटः इ‌ग्ल्याण्डको शानदार शुरुवात, १०४ रनको फराकिलो जित


१६ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत उद्घाटन खेलमा आयोजक इंग्ल्याण्डले शानदार सुरुवात गरेको छ । उसले दक्षिण अफ्रिकालाई एक सय चार रनको अन्तरले पराजित गरेको हो ।

बेलायतस्थित द ओभल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ११ रन बनाएको थियो। कमजोर सुरुवात गरे पनि इंग्ल्याण्डको पारीलाई जेसोन रोय र जोय रुटले सम्हालेका थिए । एक रनमा पहिलो विकेट गुमाएको उसका लागि रोय र रुटले दोस्रो विकेटका रुपमा एक सय ६ रनको साझेदारी गरे । जसमा रोय ५४ रनमा आउट हुन पुगे ।

इंग्ल्याण्डका लागि जोय रुटले ५१ रन बनाए भने इयोन मोर्गनले ५७ रन बनाए । मोर्गन र बेन स्कोट विच चौथो विकेटका लागि एक सय ६ रनको साझेदारी भएको थियो । उसको पारीमा जोस बट्लरले १८ रन बनाउदा मोयन अलीले मात्र तीन रन जोडे । बेन स्टोकले ८९ रन बनाए । यस्तै चाल्र्स वोक्सले १३ रन थपे । बलिङमा इमरान ताहिरले २ र लुगंल नेगिडीले तीन विकेट हात पारे । प्रतियोगिताको उदघाटन राजकुमार हेरीले गरेका थिए ।

३ सय १२ रनको विजयी लक्ष्यका साथ मैदानमा उत्रिएको दक्षिण अफ्रिका ३९ ओभर ५ बलमा दुई सय सात रनमा अलआउट भयो । उसका लागि क्विन डी ककले ६८ तथा भान देर डुसेनले ५० रन बनाए । तर अरु खेलाडी एकपछि अर्को रुपमा आउट हुँदा दक्षिण अफ्रिकाले प्रतियोगिताको पहिलो खेलमा नै हार ब्यहोर्यो । बलिङमा इंग्ल्याण्डका जोफ्रे आर्चरले तीन तथा बेन स्टोकले दुई विकेट लिएका थिए ।

प्रकाशित मिति : १६ जेठ २०७६, बिहीबार  १० : ५९ बजे

चोरीको मोटरसाइलसहित तीन जना पक्राउ

उदयपुर – जिल्ला प्रहरी कार्यालय उदयपुरले चोरीको मोटरसाइकलसहित तीन जनालाई

बालेनसँग भेटेर छम्छमी नाच्नुपर्ला : हर्क साम्पाङ

काठमाडौँ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौँ महानगरका मेयर

झापामा हात्तीपाइले रोगको सेम्पल सर्भे हुँदै

झापा – झापामा हात्तीपाइले रोग निवारणसम्बन्धी ‘सेम्पल सर्भे’ हुने भएको

प्रत्यक्षतर्फ १५७ क्षेत्रकाे मतपरिणाम सार्वजनिक, कुन दलले कति सिट जिते ?

काठमाडौँ– प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउनेक्रम अन्तिम चरणमा

धनुषा ४ मा रघुवीर महासेठको अग्रता, पछि परे यादव

काठमाडौँ – धनुषा ४ मा नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठले