शहीदका नाममा प्रदेश २ ले बाँड्यो दुहुनो भैँसी : पूर्वमन्त्रीले लगे शहीद परिवार जिल्लै « Khabarhub

शहीदका नाममा प्रदेश २ ले बाँड्यो दुहुनो भैँसी : पूर्वमन्त्रीले लगे शहीद परिवार जिल्लै


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-प्रदेश २ सरकारले मधेस आन्दोलनका शहीद परिवारका लागि भन्दै भैँसी किनेर पार्टीका नेता तथा पूर्वमन्त्रीलाई वितरण गरेको छ। सिरहामा सरकारले बाँडेको भैँसी पूर्वमन्त्री र पार्टीका नेतादेखि नेताका आफन्तसम्मको गोठमा पुगेको नयाँ पत्रिकामा खबर छ।

पूर्वकेन्द्रीय मन्त्रीसमेत रहेका समाजवादी पार्टीका नेता राजलाल यादव र उनका छोरीज्वाइँ रमेशकुमार यादवले शहीदको परिवारका नाममा आएको भैँसी पाएका छन्। उनीहरूलाई भूमि व्यवस्था तथा कृषि एवं सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले बिहीबार लहानस्थित पशुपति आदर्श माविको प्रांगणमा भैँसी हस्तान्तरण गरेका थिए।

मधेस आन्दोलनमा सिरहाबाट ६ जना शहीद भएका थिए। यो जिल्लामा सरकारले १८ परिवारलाई भैँसी बाँडेको छ। तर, तीन शहीद परिवारले भैँसी पाएका छैनन्। शहीद रमेशकुमार महतो, बेचन यादव र प्रमोद सदायका परिवारले मात्रै सरकारी भैँसी पाएका छन्। शहीद विजयकुमार सहनी, मोहम्मद अनिस र राजेशकुमार ठाकुरका परिवारले भने पाएनन्। पहुँचका आधारमा शहीद परिवारबाहेकका राजनीतिक व्यक्तिलाई भैँसी बाँडेको भन्दै पीडितले आपत्ति जनाएका छन्।

प्रदेश २ सरकारले मधेस आन्दोलनका शहीद परिवारलाई दुहुनो गाई र भैँसी वितरण गर्ने भन्ने कार्यविधिको शीर्षकबाटै प्रस्ट पारेको छ। ‘मधेस आन्दोलनका शहीद परिवारलाई दुधालु गाई वा भैँसी वितरण कार्यक्रम सञ्चालन कार्यविधि, २०७५’ नाम दिइएको छ।

कार्यविधिको दफा ३ को उपदफा १ मा भनिएको छ, ‘मधेस आन्दोलन ०६२/६३ तथा तत्पश्चात्को विभिन्न समयमा भएको मधेस आन्दोलनका क्रममा पीडित शहीद परिवारको विवरण प्रदेश २ का विभिन्न आठ जिल्लाहरूको जिल्ला प्रशासन कार्यालयहरूबाट माग गरिने छ।’ त्यस्तै, सोही उपदफाको २ मा भनिएको छ, ‘जिल्ला प्रशासन कार्यालयहरूबाट प्राप्त विवरणका आधारमा पीडित शहीद परिवारको घरमा पुगी पशुपालन गर्न इच्छुक व्यक्ति वा परिवारको लगत संकलन तथा भौतिक पूर्वाधार गोठ खोर) स्थलगत अवलोकन गरी पशुपालन कार्यक्रममा सहभागी हुने इच्छुक व्यक्तिहरूको संख्या यकिन गर्ने’ प्रावधान राखेको छ।

तर, सरकारले नेतालाई पनि गाई, भैँसी वितरण गर्न कार्यविधि परिवर्तन गरेको थियो। नयाँ कार्यविधिमा घाइतेलाई पनि दिने उल्लेख छ, त्यहीअनुसार पूर्वमन्त्रीले पाएका हुन्। सरकारबाट भैँसी पाएका पूर्वमन्त्री यादवलाई ‘तपाईं पनि घाइते हो’ भनेर सोधिएको थियो। जवाफमा उनी लामो हाँसो हाँसे। पछि उनले भने, ‘पुलिसको लाठी खाएको थिएँ, अस्पताल पनि गएको थिएँ।’

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  ६ : ५८ बजे

साइनाइडले हात्ती मारेको दाबीमा विवाद

किमाना– केन्याको अम्बोसेली राष्ट्रिय निकुञ्ज आसपास एक महिनाको अवधिमा १५

नेपालको प्राथमिक पुँजी बजारमा सुधारको खाका, धितोपत्र बोर्डद्वारा ‘भिजन २०३५’ सहितको श्वेतपत्र सार्वजनिक

काठमाडौं– नेपाल धितोपत्र बोर्डले नेपालको प्राथमिक पुँजी बजारलाई आधुनिक, प्रविधिमैत्री

पटनामा सडक दुर्घटनापछि हिंसात्मक प्रदर्शन : १० वटा गाडीमा आगजनी, प्रहरी चौकी पनि जलाइयो

काठमाडौं- भारतको बिहार राज्यको राजधानी पटनामा सडक दुर्घटनामा एक युवकको

थाइल्यान्डको विद्यालयमा गोलीकाण्ड : हजुरबाको पेस्तोलबाट ९ कक्षाका विद्यार्थीले लिए शिक्षकसहित ६ जनाको ज्यान

काठमाडौं- थाइल्यान्डको राजधानी बैंकक नजिकैको एक उच्च माध्यमिक विद्यालयमा शुक्रबार

प्रतिनिधिसभा बैठक : ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकको मधेस प्रदेशको ढल्केवरमा राष्ट्रियस्तरको ट्रमा सेन्टर