ट्रम्प आज कोरियाको सीमा क्षेत्रमा जाने, किमसँग भेट होला ? « Khabarhub

ट्रम्प आज कोरियाको सीमा क्षेत्रमा जाने, किमसँग भेट होला ?


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी राष्ट्रम्पति डोनाल्ड ट्रम्पले उत्तर कोरीयाली नेता किम जोङ्ग ऊनलाई दुई देशको सिमानामा भेट्ने आशा जिवित रहेको बताएका छन् ।

दक्षिण कोरियाको भ्रमणमा रहेका उनले दुई देशको सिमा क्षेत्रमा भेट्न आफूले राखेको इच्छा पूरा हुने दाबी गरे । उत्तर कोरियाली नेता किमलाई जापानमा आयोजना भएको जी–२० सम्मेलनको बेला शनिवार ट्रम्पले ट्वीट मार्फत भेटवार्ता गर्न आह्वान गरेका थिए । यसको प्रतिक्रिया दिँदै उत्तर कोरियाली नेता किमले भेटका लागि गरिएको आह्वान ‘रुचिकर’ भएको बताए पनि भेट बारे आधिकारिक धारणा सार्वजनिक गरेका छैन् ।

यदि किमसँग सफल वार्ता भयो भने यो ट्रम्पको छवि सुधार्ने सुनौलो मौका बन्नेछ । उनी असान्दर्भिक कुटनीतिका कारण आलोचित भईरहेका छन् ।

अहिलेसम्म सिंगापुर र भियतनाममा भएको दुई शिखर वार्ता विना निष्कर्ष टुंगिएको थियो । यदि दुई देशबीचमा यसपटक वार्ता भएमा दुई देशको सम्बन्धमा दीर्घकालीन हलचल ल्याउने विश्लेषण हुन थालेको छ । यो वार्ताले निशस्त्रीकरण सम्बन्धमा पनि उपलब्धी हुने आशा गरिएको छ ।

ट्रम्प दुई कोरियाली सीमा क्षेत्रमा दक्षिण कोरियाली समकक्षी मुन जाइइनसँग भ्रमण गर्नेछन् जहाँ किमसँग भेटवार्ता हुने अपेक्षा गरिएको छ । यद्यपी ट्रम्पले किमसँग भेटवार्ता हुने निश्चित गरेका छैन् । उनले केबल सीमा क्षेत्रको यात्रा रोचक हुने बताएका छन् ।

ट्रम्पले ‘उनीहरुले भेट्न इच्छुक रहेको’ प्रतिक्रिया दिएका छन् । वार्ता छोटो भएपनि एउटा ‘ह्याण्डसेक’को महत्व धेरै भएको उनको बताए।

यसअघि उनले उत्तर कोरियामा आफ्नो पाइला राख्नु कुनै समस्या नहुने बताएका थिए। स्थानीय समय अनुसार ट्रम्प आज (आइतबार)दुई बजेर ३० मिनेटमा कोरियाली सिमा क्षेत्र जाने ह्वाइट हाउसले जनाएको छ ।

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  ९ : ५२ बजे

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक

संविधान संशोधन बहसपत्र कार्यदलको बैठकमा कसले के भने?

काठमाडौं- संविधान संशोधन बहसपत्र कार्यदलले राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेको

अनलाइन ठेक्का प्रणाली ह्याक गर्ने ६ जना पक्राउ

काठमाडौँ- सार्वजनिक खरिद प्रणाली (ई-गभर्मेन्ट प्रोक्यरमेन्ट सिस्टम) ह्याक गरी ठेक्काका

ललितपुरमा दुई युवामाथि चक्कु प्रहार

काठमाडौं- ललितपुरको कृष्ण मन्दिरमा दुई युवामाथि चक्कु प्रहार भएको छ

संविधान संशोधन बहसपत्र कार्यदलको कार्याेजना बनाउने जम्मा सुवेदीलाई

काठमाडौँ– संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक २०८२