कोरियाको सीमा क्षेत्रमै ट्रम्पले किमलाई भेट्ने « Khabarhub

कोरियाको सीमा क्षेत्रमै ट्रम्पले किमलाई भेट्ने


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–दक्षिण कोरिया भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आज (आइतबार) भेटवार्ता हुने भएको छ ।

ट्रम्पले पटक पटक गरेको आग्रहलाई स्वीकार गर्दै किम दुई कोरियाको सीमा क्षेत्रमा ट्रम्पसँग भेट्न राजी भएका हुन् ।

अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच भेटवार्ता हुने पक्का भएको दक्षिण कोरियाका राष्ट्रपति मोन जेइइनले बताएका छन् ।

यसअघि ट्रम्पको भेटवार्ताको प्रस्ताव सकारात्मक भएको बताएका किमले औपचारिक रुपमा भेट गर्ने भन्ने संकेत गरेका थिएनन् ।

ट्रम्पको सीमा क्षेत्र भ्रमणमा जाने आजको कार्यतालिका अनुसार नै दुई नेताबीचको भेटवार्ता हुने तय भएको हो ।

भेटबारेको धारणा सार्वजनिक गर्दै ट्रम्पले ‘उनीहरुले भेट्न इच्छुक रहेको’ प्रतिक्रिया दिएका छन् । वार्ता छोटो भएपनि एउटा ‘ह्याण्डसेक’को महत्व धेरै भएको उनको बताए।

यसअघि उनले उत्तर कोरियामा आफ्नो पाइला राख्नु कुनै समस्या नहुने बताएका थिए।

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  १० : १५ बजे

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक

संविधान संशोधन बहसपत्र कार्यदलको बैठकमा कसले के भने?

काठमाडौं- संविधान संशोधन बहसपत्र कार्यदलले राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेको

अनलाइन ठेक्का प्रणाली ह्याक गर्ने ६ जना पक्राउ

काठमाडौँ- सार्वजनिक खरिद प्रणाली (ई-गभर्मेन्ट प्रोक्यरमेन्ट सिस्टम) ह्याक गरी ठेक्काका

ललितपुरमा दुई युवामाथि चक्कु प्रहार

काठमाडौं- ललितपुरको कृष्ण मन्दिरमा दुई युवामाथि चक्कु प्रहार भएको छ

संविधान संशोधन बहसपत्र कार्यदलको कार्याेजना बनाउने जम्मा सुवेदीलाई

काठमाडौँ– संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक २०८२