२७ लाखका जुत्ता देखेर चकित परे ऋषि कपूर « Khabarhub

२७ लाखका जुत्ता देखेर चकित परे ऋषि कपूर


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता ऋषि कपूर छिट्टै नै भारत फर्कँदै छन् । यतिबेला उनी न्यूओर्कमा घुमघाम गरिरहेका छन् । र, त्यहाँ सपिङ पनि गरिरहेका छन् ।

हालै एउटा कुराले भने ऋषि कपूरलाई चकित बनाएको छ । त्यो पनि जुत्ताको मूल्य ।

ऋषि खासमा जुत्ता किन्नका लागि एक स्टोरमा पुगेका थिए । उनले त्यहाँ ५ हजार डलर (साढे ३ लाख) देखि ४० हजार डलरका जुत्ता देखेर हैरान भए । ४० हजार डलर अर्थात् नेपाली २७ लाख ५८ हजार रुपैयाँ ।

ऋषि कपूर न्यूओर्कको सबैभन्दा ठूलो स्नीकर स्टोरमा थिए । यहाँका तस्वीर शेयर गर्दै ऋषिले लेखे, ‘मूल्यलाई जुम गरेर हेर्नुस्, यसले मलाई एक पुरानो कहावत याद दिलायो, जुत्ता सुनको होस् या चाँदीको, खुट्टामै लगाउनुपर्छ ।’

ऋषिका अनुसार यो स्टोरमा करीब १२ हजार स्टाइल र मोडलका जुत्ता छन् । रमाइलो कुरा त, ऋषिको यो ट्वीटमा एक प्रयोगकर्ताले लेखेका छन्, ‘यो सबै यहाँ चोकमा १ हजारदेखि ५ सय रुपैयाँमा पाइन्छ ।’

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  १२ : १० बजे

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच