‘धर्ती माता’लाई ७ दिन हिरासतमा राख्न म्याद थप « Khabarhub

‘धर्ती माता’लाई ७ दिन हिरासतमा राख्न म्याद थप


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आफूलाई ‘धर्ती माता’ भन्ने विष्णु कँवरविरुद्ध अभद्र व्यवहारको कसुरसम्बन्धी मुद्दामा अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले ७ दिन हिरासतमा राख्न म्याद थप गरेको छ ।

सार्वजनिक ठाउँमा महिलामाथि अभद्र व्यवहार गरेको अभियोगमा शुक्रबार बिहान पक्राउ परेकी थापामाथि अनुसन्धान गर्न आइतबार ७ दिनको म्याद थप भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । थापाले केही दिन अगाडि काठमाडौंको भद्रकाली मन्दिरमा एक युवतीलाई यातना दिएकी थिइन् ।

आफूमा दैविक शक्ति रहेको भन्दै कुँवरले युवतीलाई गाली गलौच गरेर युवतीमाथि कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यद्यपि कुँवरबाट अभद्र व्यवहार पाएकी (कुटिएकी) युवतीले भने प्रहरीमा उजुरी दिएको छैन । सार्वजनिक स्थानमा महिलामाथि कुटपिट गरेको भन्दै प्रहरीले उनीविरुद्ध अभद्र व्यवहारको कसुरमा अनुसन्धान अगाडि बढाएको हो ।

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  १२ : ३१ बजे

बाढीपीडितको पुनःस्थापनालाई प्राथमिकता दिनुपर्छ : ओली

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी

साउदी अरबको आत्मरक्षाको अधिकारलाई पाकिस्तानको पूर्ण समर्थन

इस्लामाबाद – पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले साउदी अरबको आत्मरक्षाको वैध

कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु, तीन जना पक्राउ

काठमाडौं – काठमाडौंको कलङ्कीमा कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु भएको

भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने

काठमाडौं– भोटेकोशी बाढीबाट प्रभावित पाँच हजार ११६ परिवारलाई छ महिनाभित्र