नेपालका शैक्षिक संस्था बेरोजगार युवा उत्पादन गर्ने कारखाना हुन्-प्रधानमन्त्री « Khabarhub

नेपालका शैक्षिक संस्था बेरोजगार युवा उत्पादन गर्ने कारखाना हुन्-प्रधानमन्त्री


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन २०७६ को उद्घाटन गर्दै नेपाली शैक्षिक संस्था बेरोजगार युवा उत्पादन गर्ने कारखाना मात्र भएको आरोप लगाएका छन् ।

प्रधानमन्त्री ओलीले कार्यक्रममा सम्बोधन गर्ने क्रममा हाम्रा देशका युवा श्रम गर्न रुचाउने भएका कारण विश्व श्रम बजारमा स्थापित भएका मात्र छैन विदेशी रोजगारदाताहरुको रोजाईमा पनि पर्ने गरेको धारण राखेका थिए ।

‘नेपाली युवा बेरोजगार हुनुको मुख्य कारण नेपालका शैक्षिक संस्थाको दोष छ । शिक्षा नीतिका कारण पनि युवा डिग्री सकेर बेरोजगार बस्नुपर्ने बाध्यता छ । सरकार बेरोगार र गरीबी अन्त्य गर्ने अठोटका साथ अघि बढिरहेको छ । तर, नेपालको शैक्षिक क्षेत्रले बाधा पुराइरहेका छ,’ प्रधानमन्त्री ओली भने, ‘चिया पकाउन नजान्ने शिक्षा हाम्रा युवाले लिइरहेका छन् । नेपालका शैक्षिक सस्थासँग भन्दा हाम्रा पुर्खाले दिदै आएको पहिचानवादी शिक्षा अध्ययन गर्ने युवाहरुसँग धेरै राम्रो ज्ञान छ ।’

नेपालका हिमाल, पहाड, तराई र पाखामा रोजगारी अवसर छन् । यस्ता स्थानमा काम पाउने गरी शिक्षा दिन सक्ने शैक्षिक सस्था नहुदाँ बेरोजगारी समस्या दशकदेखि जस्ताको तस्तै रहेको प्रधानमन्त्री ओलीले आरोप लगाए । उनले भने, ‘हाल आधुनिक शिक्षा दिने नाममा चिया पसल जस्तै खोलिएका शैक्षिक सस्थाले सीपमुलक शिक्षा विद्यार्थीलाई दिन सकेका छैन । आधुनिक शिक्षा प्रचार गरेर रोजगारी नै नपाउने शैक्षिक संस्थाले अध्यापन गराइरहेका छन् । समय र विश्वबजार माग भइरहेको शिक्षा नीति अनुसार शिक्षा दिन नसकेका कारण बेरोजगार र गरीबीको समस्या तत्काल समाधान गर्न सक्ने अवस्था छैन ।’

नेपालमा लिएको शिक्षा सीपमुलक नभएका कारण देशभित्र आवश्यक दक्ष श्रम युवा शक्ति उत्पादन नहुँदा पनि बेरोजगारी समस्या बढेको प्रधानमन्त्रीको बुझाई छ । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भने, ‘अध्ययन सकेका युवाका हातमा कागतको खोस्टो मात्र हुन्छ । उनीहरुसँग काम गर्ने कला हुँदैन् । जसका कारण बेरोजगार बस्नुभन्दा कामको खोजीमा विदेसिनुपर्ने बाध्यता छ ।’

उनले अवसर नभएर नभई सीप नभएर युवा बेरोजगार बनेको बताए । ओलीले भने, ‘देशभित्र रोजगारीका अवसर नभएर युवा बेरोजगार बसेका होइनन् । रोजगारी दिने खालको शिक्षा नपाएर मात्र बेरोजगार बसेका हुन् । शिक्षा कागजी र काम चलाउ मात्र भएका कारण देशभित्र रोजगार सिर्जना भएपनि काम गर्ने श्रम युवा श्रम शक्ति नभएको हो ।’ प्रधानमन्त्री ओलीले अब सरकराले प्रविधिमैत्री शिक्षाका लागि नेपाली विश्वविद्यालय निर्माण गरिने पनि बताए । उनले भने, ‘अब सरकारले देशभित्र कुन कुन क्षेत्रमा कति जनशक्ति आवश्यक पर्छ सोही अनुसार शैक्षिक जनशक्ति उत्पादन गर्ने योजना लिएको छ ।’

सम्बोधनको अधिकांश समय नेपालका विद्यालय र शैक्षिक गुणस्तरको आलोचना गरेरै खर्चिएका प्रधानमन्त्री ओलीले नेपालका शैक्षिक संस्था बेरोजगार युवा उत्पादन गर्ने कम्पनी जस्तै भएको आरोप लगाए ।

देशभित्र कृषि, पर्यटन, सस्कृति पहिचान र सम्पादन गर्ने, नेपालका कला विदेशी बजारमा पुराउन चाहिने सीप र कला नेपालका शैक्षिक संस्थाले दिन सक्नुपर्ने उनको भनाई छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले देशभित्र रोजगारीका अवसर र सम्भावित रोजगार कहाँ कस्ता क्षेत्रमा सिर्जना गर्ने सकिन्छ भने उद्देश्यले दुई दिने राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको आयोजन गरेका छ । जसमा प्रदेश र स्थानिय तह गरी ३ सय ५० रोजगारदाता सामेल भएका छन् । देशभित्र करिब ११ लाख युवा बरोजगारी रहेको र उनीहरुलाई कसरी रोजगारीको दायरामा ल्याउन भन्ने विषयमा रोजगार सम्मेलनले सन्देश दिने श्रम मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  १ : ४९ बजे

डढुवा रोगले सखाप पार्दै गोलभेँडा, उन्याचौरका किसान चिन्तित 

दोलखा– गोलभेँडामा डढुवा रोगको संक्रमण फैलिएपछि दोलखाको वैतेश्वर गाउँपालिका–४ उन्याचौरका किसान

बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा जसपाको २१ लाख रुपैयाँ

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा), नेपालले बाढीपीडितको उद्धार, राहत तथा

सम्झौताअनुसार निर्माण सम्पन्न नगरेपछि २६ व्यवसायीलाई स्पष्टीकरण

चितवन– भरतपुर महानगरपालिकाले सम्झौताअनुसार निर्माण कार्य सम्पन्न नगरेको भन्दै यहाँका

राप्रपा सासदको माग- आइतबारे बिदा खारेज गरौँ

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले

उपभोक्तालाई सहुलियत हुनेगरि बजार व्यवस्थापन गर्न सांसदहरूको माग

काठमाडौं– प्रतिनिधिसभाको आजको विशेष समयमा सांसदहरूले किसानले उत्पादनको उचित मूल्य