विश्व आर्थिक मञ्चको १३ औँ वार्षिक बैठकमा भाग लिन परराष्ट्रमन्त्री चीन प्रस्थान « Khabarhub

विश्व आर्थिक मञ्चको १३ औँ वार्षिक बैठकमा भाग लिन परराष्ट्रमन्त्री चीन प्रस्थान


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली चीनको डालियान शहरमा यही असार १६ देखि १८ गतेसम्म आयोजना हुने विश्व आर्थिक मञ्चको १३ औँ वार्षिक बैठकमा भाग लिन आइतवार अपराह्न त्यसतर्फ प्रस्थान गरेका छन् ।

उनले सोमबार ‘विश्व अर्थतन्त्रमा नयाँ अवसरहरुको खोजी’ शीर्षकमा हुने अनौपचारिक छलफलमा सहभागी हुनुहुनेछ भने सन् २०२० का लागि जि–२० कार्यसूची विषयको छलफल सत्रमा पनि सहभागी हुनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्री ज्ञवालीले मङ्गलबार ‘जलवायु परिवर्तन भावी वित्तीय सङ्कट ?’ र नयाँ शक्ति सङ्कलन विषयका अतिरिक्त सत्रमा नेपालका तर्फबाट सम्बोद्धन गर्नेछन् । डालियानमा रहँदा उनले राजनीतिक एवं व्यापारिक वर्गसँग पनि भेटवार्ता गर्नेछन् ।

मन्त्री ज्ञवाली यही १८ गते डालियानबाट बेइजिङतर्फ प्रस्थान गर्नेछन् । त्यहाँ उनले उच्चस्तरीय चिनियाँ अधिकारीहरुसँग छलफल गर्नेछन् । परराष्ट्रमन्त्रीका साथ चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, सहसचिव घनश्याम भण्डारीलगायत रहेका छन्।

मन्त्री ज्ञवाली असार २० गते स्वदेश फर्कनुहुने कार्यक्रम छ । मन्त्री ज्ञवालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव शङ्करदास वैरागीलगायत मन्त्रालयका उच्च पदाधिकारीले विदाइ गरेका थिए ।

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  ४ : ४२ बजे

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

चितवन– चितवनमा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ– यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र