नक्कली शिक्षक खडा गरेर २ लाख ३० हजार हिनामिना « Khabarhub

नक्कली शिक्षक खडा गरेर २ लाख ३० हजार हिनामिना


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुर्खेतको लेकवेसी नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालयमा नक्कली शिक्षक देखाएर २ लाख ३८ हजार ५ सय ३० रुपैयाँ हिनामिना गरिएको पाइएको छ ।

विद्यालयका प्राधानाध्यापकसहित १ शिक्षक र स्रोत व्यक्तिको मिलेमतोमा शिक्षक नियुक्त गरिएको नक्कली कागजात पेश गरेर जिल्ला शिक्षा कार्यालयबाट २ लाख ३० हजार रुपैयाँ हिनामिना गरेको पाइएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनबाट प्रधानाध्यापक भीम बहादुर ज्ञामी, लेखा शिक्षक भक्तबहादुर ज्ञामी र स्रोत व्यक्ति (आरपी) दल बहादुर सिंहको मिलेमतोमा नक्कली शिक्षक खडा गरी अनियमितता गरेको पाइएको हो ।

अख्तियारले नक्कली शिक्षक खडा गरी सरकारी रकम हिनामिना गर्ने तीनैजनाविरुद्ध जनही २ लाख ३८ हजार ५ सय ३० रुपैयाँ बिगो तथा जरिवाना मागदाबी गर्दै आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  ५ : १३ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको