एक सातादेखि थुप्रिएको काठमाडौंको फोहोर आजबाट उठ्ने « Khabarhub

एक सातादेखि थुप्रिएको काठमाडौंको फोहोर आजबाट उठ्ने


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिसडोल व्यवस्थापन संघर्ष समितिले विभिन्न माग राख्दै फोहोर उठाउन रोकेपछि करिव एक सातादेखि थुप्रिएको काठमाडौंको फोहोर आइतबारबाट उठ्ने भएको छ ।

संघर्ष समिति र काठमाडौं महानगरपालिकाबीचको वार्ता सकारात्मक भएसँगै फोहोर उठ्ने भएको हो । वार्ता टोलीले समस्या पहिचान गर्न र समाधानको उपायका  लागि १३ सदस्यीय टोली गठन गरी आवश्यक पहल गर्ने भएको छ ।

काठमाडौं महानगरपालिकामा मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको फोहोर व्यवस्थापन चुनौतीको विषय भएको भन्दै आगामी दिनमा अब समस्या ननम्तिने दाबी गरे ।

उनली विगतमा भएका केही सहमतिहरु कार्यान्वयनमा कठिनाइ भए पनि अहिले संघर्ष समितिसँगको वार्ता सकारात्मक भएको र  स्थानीयले सहमति जनाएकाे बताउँदै  उनीहरुको माग सम्बोधन गर्न महानगर प्रतिवद्ध रहेको जनाए ।

उनले भने, ‘सिस्डोलबासीको समस्या हाम्रो पनि समस्या हो, यसमा हामी गम्भीर छौं ।’

स्थानीयले आफूहरुका माग पूरा गर्न १५ दिने अल्टिमेटम दिएका छन् । आजबाट फोहोर उठाउन दिइने भने पनि १५ दिनभित्र आफूहरुका माग पूरा नभए कुनै पनि कुरा नसुन्ने सिसडोल वासीले अडान राखेका छन् ।

संघर्ष समितिका अध्यक्ष चक्रमान बलामीले भने, ‘ वार्ता सकारात्मक भयो, महानगरले हाम्रा माग पूरा गर्ने आश्वासन दिएको छ, १५ दिन भित्र हाम्रा माग पूरा नभए हामी पुनः आन्दोलना उत्रिनेछौं । त्यो नै हाम्रो अन्तिम र निर्णायक आन्दोलन हुनेछ ।’

केही दिन अघि संघर्ष समितिले काठमाडौंमा कार्यक्रम गरी गत विहीबारबाटै फोहोर उठाउने कार्य बन्द गरेको जानकारी दिएको थियो । समितिले ओखरपौवा सिसडोलमा फोहोर खसाल्न रोकेको र सधैंको लागि बन्द गर्ने समेत चेतावनी दिएको थियो ।

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  ६ : ४७ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

क्रियाशील सदस्यतामा समन्वय र सहजीकरण गर्न जिल्ला समितिलाई कांग्रेसको निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रियालाई व्यवस्थित, पारदर्शी