वैदेशिक रोजगार ठगी मुद्दामा कारागार चलान « Khabarhub

वैदेशिक रोजगार ठगी मुद्दामा कारागार चलान


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले वैदेशिक रोजगार ठगी मुद्दाका प्रतिवादीलाई पक्राउ गरी जेल चलान गरेको छ ।

ब्यूरोको टोलीले सर्वोच्च अदालतको २०७५ असार २६ को फैसलाअनुसार दोषी ठहर सुनाइएकी पाल्पाकी टीकाकुमारी थापालाई आइतबार महाराजगञ्जबाट पक्राउ गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दीपक रेग्मीले वैदेशिक रोजगारी ठगी मुद्दामा नमिता देवले दिएको जाहेरीका आधारमा थापालाई पक्राउ गरिएको जानकारी दिए ।

“थापाले वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने इजाजतपत्र विना नै आकर्षक रोजगारी दिलाइदिने भन्दै रकम ठगी गरेको अनुसन्धानमा खुलेको छ”, प्रवक्ता रेग्मी भने । पक्राउ थापालाई अदालतले एक वर्ष ६ महीना कैद र रु एक लाख ५० हजार जरिवाना सुनाएको थियो ।

पक्राउ थापालाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरेकामा अदालतको आदेशानुसार कैद भुक्तानका लागि केन्द्रीय कारागार कार्यालय सुन्धारा पठाइएको ब्यूरोले जनाएको छ ।

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  ८ : ३० बजे

हिरासतमुक्त भएलगत्तै हजुरआमाको निधन, गाउँ फर्किए ककरोचका संस्थापक अभिजीत दिप्के

काठमाडौं– ककरोच जनता पार्टीका संस्थापक अभिजीत दिप्के प्रहरी हिरासतबाट मुक्त

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको चुनौती

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले क्यानडालाई २३६ रनको

दसैँका लागि ६ स्थानबाट ग्यास वितरण, सिलिन्डर साट्न नपाएको उपभोक्ताको गुनासो 

काठमाडौं– दसैँमा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन काठमाडौं उपत्यकाका

देवी दुर्गाको मूर्ति बनाउन व्यस्त मूर्तिकार

काठमाडौं– ललितपुरको कुपोण्डोलमा मूर्तिकारहरू देवी दुर्गाको मूर्ति बनाउनमा व्यस्त छन्

विश्वकप लिग–२ क्यानडाविरुद्ध रोहित पौडेलले बनाए शतक

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाली ब्याटर