बोरिङको पानीले रोपाइँ महोत्सव | Khabarhub Khabarhub

बोरिङको पानीले रोपाइँ महोत्सव


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- दाङको तुलसीपुर उपमहानगरपालिका–१५ कञ्जुवारमा बोरिङको पानीले रोपाइँ महोत्सव गरिएको छ ।

उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले कञ्जुवारमा डिप बोरिङको पानी जम्मा गरी रोपाइँ महोत्सव गरिएको बताए । तुलसीपुर उपमहानगर कृषि शाखाका कुलराज चौधरीका अनुसार आजसम्ममा आधा रोपाइँ भइसक्नुपर्नेमा पानी नपर्दा न्यून रुपमा धान रोपाइँ गरिएको छ ।

“सिँचाइको निकै समस्या छ, डिप बोरिङ, लिफ्टिङ र स्यालो ट्युवेलमार्फत रोपाइँ गर्न थालेका छौँ”, उनले भने । अधिकांश खेतमा आकासे पानीको भरमा धान रोपाइँ हुने गरेको छ । जिल्लामा ३९ हजार हेक्टर जग्गा धान उत्पादनका लागि उपयुक्त छ ।

गत वर्ष करीब ३७ हजार हेक्टरमा मात्रै धान रोपाइँ गरिएको थियो । तीस ३० हजार हेक्टर जग्गामा आकासे पानीको भरमा धान रोपाइँ गर्ने गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख कृष्णबहादुर बस्नेतले बताए ।

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  ८ : ४९ बजे

कास्की र म्याग्दी कारागारबाट भागेका कैदी पक्राउ

बागलुङ– जिल्ला कारागार कास्की र जिल्ला कारागार म्याग्दीबाट भागेका ४

एसिया कप: यूएईमाथि भारतले निकाल्यो ४.३ ओभरमै सानदार जित

काठमाडौं – एसिया कपमा भारतले विजयी सुरुवात गरेको छ। दुबई

सवारी दुर्घटनामा एकजनाको मृत्यु

झापा– झापामा सवारी दुर्घटनामा परी एक वृद्धको मृत्यु भएको छ

नख्खु कारागारबाट भागेका कैदी धादिङबाट पक्राउ

धादिङ – बिहीबार ललितपुरस्थित नख्खु कारागारबाट भागेका तीन जनालाई धादिङको

आजदेखि कर्फ्यू आदेश क्रमश खुकुलो पार्दै सेना

काठमाडौं – नेपाली सेनाले निषेधाज्ञा तथा कर्फ्यू आदेशलाई क्रमबद्ध खुकुलो