चितवनमा जम्मा दुई प्रतिशत मात्र रोपाइँ « Khabarhub

 चितवनमा जम्मा दुई प्रतिशत मात्र रोपाइँ


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- वर्षा नहुँदा मध्य असारसम्म पनि जिल्लामा थोरै जग्गामा धान रोपाइँ भएको छ । देशभर किसानले दही चिउरा खाएर रमाइलो गर्दा यहाँका किसान धान रोपाइँ गर्न आकाशतिर हेरेर पानीको पर्खाइमा छन् ।

कृषि ज्ञान केन्द्र भरतपुरका बाली विकास अधिकृत माधव पौडेलका अनुसार शुक्रबारसम्म दुई दशमलव पाँच प्रतिशत मात्र धान रोपाइँ भएको छ । मनसुन सक्रिय नभएका कारण किसानले धान रोप्न नपाएको उनले बताए । गत वर्ष यतिबेला १५ प्रतिशत धान रोपाइँ भएको थियो । बीउ डढ्दा उत्पादन घट्ने कृषकलाई चिन्ता छ ।

जिल्लामा २८ हजार छ सय हेक्टरमा बर्खे तथा र पाँच सय हेक्टरमा चैते धान रोप्ने गरिएको पौडेलले बताए । बर्खे धानको उत्पादकत्व तीन दशमलव चार मेट्रिक टन तथा चैते धानको उत्पादकत्व चार दशमलव दुई मेट्रिक टन रहेको छ ।

यसैबीच कृषि ज्ञान केन्द्र र भरतपुर महानगरपालिकाको सहयोगमा पश्चिम चितवनको दिव्यनगरमा १६औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको छ । बृहस्पति धानबाली पकेट सञ्चालक समितिले कार्यक्रमको आयोजाना गरेको हो ।

कार्यक्रममा सांसद कृष्णभक्त पोख्रेल, प्रदेशसभा सदस्य घनश्याम दाहाल, प्रजिअ जितेन्द्र बस्नेत र कृषि ज्ञान केन्द्रका प्रमुख सुधिर श्रेष्ठले एकीकृत खेती प्रणाली अपनाएर उत्पादकत्व बढाउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  ९ : ३८ बजे

अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशन शनिबार धादिङबेँसीमा हुँदै

धादिङ– विश्वका विभिन्न मुलुकमा रहेका धादिङवासीलाई एकताबद्ध गर्दै आपसी सहकार्य,

प्रधानमन्त्रीको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु

गृशमन्त्रीसामु महानिरीक्षक कार्कीले भने- नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ

काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरी जस्तोसुकै कठिन

राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति दिइँदैन : मन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति नदिइने

प्रहरी निरीक्षक सिंहसहित २३ प्रहरी कर्मचारी पुरस्कृत

हुम्ला– नेपाल प्रहरीको ७१औँ स्थापना दिवसको अवसरमा प्रहरी निरीक्षक जंगबहादुर