भारतको पहिलो हार, इंग्ल्याण्डसँग ३१ रनले पराजित « Khabarhub

भारतको पहिलो हार, इंग्ल्याण्डसँग ३१ रनले पराजित


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले पहिलो हार व्यहोरेको छ । आइतबार भएको खेलमा घरेलु टिम इंग्ल्याण्डसँग ३१ रनले पराजित भएको हो ।

बर्मिङघममा इंग्ल्याण्डले दिएको ३३८ रनको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको भारतले पुरै ५० ओभर खेल्दै ५ विकेट गुमाएर ३ सय ६ रन मात्र बनाउन सक्यो । भारतका रोहित शर्माले शतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् ।

रोहितले १०९ बलमा १५ चौकासहित १०२ रन बनाएका थिए । यस्तै कप्तान विराट कोहलीले ६६ रनको अर्धशतकीय इनिङ्स खेले । त्यस्तै हार्दिक पाण्डयाले ४५, ऋषब पन्तले ३२ रन जोड्दा महेन्द्र सिंह धोनीले अविजित ४२ रन बनाए । यस्तै केदार जादब १२ रनमा अविजित रहे ।
भारतलाई सस्तैमा रोक्न इंग्ल्याण्डका लियाम प्लुन्केटले ३ तथा क्रिस वोक्सले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले पुरै ५० ओभर खेल्दै ७ विकेट गुमाएर ३३७ रन बनाएको थियो । इंग्ल्याण्डको फराकिलो लक्ष्यमा जोनी बेयर्सटोले शतकीय इनिङ्स खेले । बेयर्सटोले १११ रन बनाएका थिए ।

यस्तै बेन स्टोक्सले ७९ रनको अर्धशतकीय इनिङ्स खेल्दा जासन रोयले ६६ रनको योगदान दिए । जोय रुटले ४४ तथा जोश बटलरले २० रन बनाए । भारतका मोहमद शामीले ५ विकेट लिए । यस्तै जस्प्रित बुम्राह र कुलदीप यादवले एक-एक विकेट लिएका थिए ।

भारतलाई हराएसंगै इंग्ल्याण्डले विश्वकपको सेमिफाइनलमा स्थान बनाउने सम्भावना बलियो बनाएको छ । इंग्ल्याण्डले ८ खेलबाट १० अंक जोडेको छ । इंग्ल्याण्ड तालिकाको चौंथो स्थानमा छ । भारतले ७ खेलबाट ११ अंक जोडेको छ ।

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  ११ : ४० बजे

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा

भारी वर्षाको जोखिम : आवश्यकताअनुसार विद्यालय बिदा गर्न मन्त्रालयको आग्रह

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भारी वर्षा तथा सम्भावित

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ