एउटै रुखमा फल्छन् ४० किसिमका फलफूल ! « Khabarhub

एउटै रुखमा फल्छन् ४० किसिमका फलफूल !


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– हामीले सामान्यतया एउटा रुपमा एउटै किसिमको फलफूल फल्छ भन्ने देखेका र सुनेका छौं । कलमी गरेर एउटा बोटबाट फरक किसिमको फलफूल फलाइएको विषयमा पनि सायद तपाईहरुलाई जानकारी हुनसक्छ ।

तर, अमेरिकामा भने एउटै रुखमा ४० किसिमका फलफूल फल्ने गरेको पाइएको छ । एक भिजुअल आर्टसका प्राध्यापकले त्यस्तो अद्भूत रुख तयार गरेका हुन् ।

उक्त रुखको नाम ट्रि अफ ४० फ्रुट्स दिइएको छ । यस रुखमा एप्रिकोट, चेरी, आरु, बखडालगायतका ४० थरीका फलफूल फल्दछन् । यो रुखको मूल्य मूल्य ३० हजार डलर पर्दछ ।

सेराक्युज विश्वविद्यालयका भिजुअल आर्टसका प्राध्यापक स्याम वान ऐकेन यस अनौठो रुखका सर्जक हुन् । यो रुखको सिर्जना गर्नका लागि उनले विज्ञानको सहारा लिएका छन् ।

सन् २००८ मा उनले यस कामको सुरु गरेका थिए । प्राध्यापक वान किसान परिवारमै जन्मिएका व्यक्ति हुन् । उनले न्युयोर्कको एउटा बन्द हुनै आँटेको कृषि बगैँचालाई भाडामा लिएर त्यहीँ नै ग्राफ्टिङ विधिको माध्यमबाट ट्रि अफ फोर्टी जस्तो अद्भुत रुख सिर्जना गराउन सफल भएका हुन् ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ६ : १९ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी