आजको मौसम : देशभर सामान्य बदली रहने « Khabarhub

आजको मौसम : देशभर सामान्य बदली रहने


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा नेपालको तराई भु–भाग भन्दा दक्षिण तिर रहेको जनाएको छ । जसको कारण नेपालमा मनसुनी गतिविधि कम सक्रिय अवस्थामा रहेको महाशाखाको भनाइ छ ।

हाल देशभरी आंशिकदेखि सामान्य बदली भइरहेको जनाइएको छ । महाशाखाका अनुसार केही स्थानमा हल्का वर्षा भइरहेको छ । मंगलबार दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा वर्षा हुने संभावना रहेको जनाइएको छ । मंगलबार राति देशैभर आंशिकदेखि पुर्ण बदली रही केही स्थानमा वर्षा हुने संभावना छ । पश्चिमि पहाडी भूभागका एक–दुई स्थानमा भने मध्यमदेखि भारि वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा हुने संभावना छ । पश्चिमि पहाडी भूभागका एक–दुई स्थानमा मध्यमदेखि भारि वर्षाको संभावना छ । बुधबार राति पनि केही स्थानमा वर्षा हुने संभावना छ ।

बिहीबार दिउँसो पनि केही स्थानमा वर्षा हुने संभावना छ । बुधबार राति भने देशभर सामान्यदेखि पूर्ण बदली हुने तथा केही स्थानमा वर्षा हुने संभावना रहेको महाशाखाले जनाएको छ ।

३ दिने मौसमी अनुमान यस्तो छ:

साउन १४ गते (मंगलबार)

दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रही देशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।

राति: देशभर आंशिकदेखि सामान्य बदली रहि देशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।

साउन १५ गते (बुधबार)

दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रही देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ ।

राति: देशभर आंशिकदेखि सामान्य बदली रहि देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ |

साउन १६ गते (बिहीबार)

दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रही देशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।

राति: देशभर आंशिक देखि सामान्य बदली रहि देशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ७ : ०८ बजे

बाढी र पहिरोले अरनिको र बिपीसहितका मुख्य राजमार्ग अवरुद्ध : कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न

प्रतिनिधिसभा बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार अपराह्न १ बजे

ह्यारी केन बने जर्मनीको ‘प्लेयर अफ द इयर’ जित्ने पहिलो अंग्रेजी खेलाडी

म्युनिख – बार्यन म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन जर्मनीको ‘प्लेयर

आर्थिक संकट र अमेरिकी घेराबन्दीबीच इरानमा इन्धनको मूल्य बढाउने तयारी

तेहरान – अमेरिकी प्रतिबन्ध र निरन्तरको युद्धका कारण थलिएको अर्थतन्त्रलाई

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर