आजको मौसम : देशभर सामान्य बदली रहने | Khabarhub Khabarhub

आजको मौसम : देशभर सामान्य बदली रहने


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा नेपालको तराई भु–भाग भन्दा दक्षिण तिर रहेको जनाएको छ । जसको कारण नेपालमा मनसुनी गतिविधि कम सक्रिय अवस्थामा रहेको महाशाखाको भनाइ छ ।

हाल देशभरी आंशिकदेखि सामान्य बदली भइरहेको जनाइएको छ । महाशाखाका अनुसार केही स्थानमा हल्का वर्षा भइरहेको छ । मंगलबार दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा वर्षा हुने संभावना रहेको जनाइएको छ । मंगलबार राति देशैभर आंशिकदेखि पुर्ण बदली रही केही स्थानमा वर्षा हुने संभावना छ । पश्चिमि पहाडी भूभागका एक–दुई स्थानमा भने मध्यमदेखि भारि वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा हुने संभावना छ । पश्चिमि पहाडी भूभागका एक–दुई स्थानमा मध्यमदेखि भारि वर्षाको संभावना छ । बुधबार राति पनि केही स्थानमा वर्षा हुने संभावना छ ।

बिहीबार दिउँसो पनि केही स्थानमा वर्षा हुने संभावना छ । बुधबार राति भने देशभर सामान्यदेखि पूर्ण बदली हुने तथा केही स्थानमा वर्षा हुने संभावना रहेको महाशाखाले जनाएको छ ।

३ दिने मौसमी अनुमान यस्तो छ:

साउन १४ गते (मंगलबार)

दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रही देशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।

राति: देशभर आंशिकदेखि सामान्य बदली रहि देशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।

साउन १५ गते (बुधबार)

दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रही देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ ।

राति: देशभर आंशिकदेखि सामान्य बदली रहि देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ |

साउन १६ गते (बिहीबार)

दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रही देशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।

राति: देशभर आंशिक देखि सामान्य बदली रहि देशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ७ : ०८ बजे

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक