रोनाल्डोले पाए ‘लिजेन्ड अवार्ड’ « Khabarhub

रोनाल्डोले पाए ‘लिजेन्ड अवार्ड’


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पोर्चुगिज तथा युभेन्ट्सका सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डो ‘लिजेन्ड अवार्ड’ पाएका छन् । स्पेनिस मिडिया ‘मार्का’ले प्रदान गर्दै आएको यो अवार्ड यस वर्ष रोनाल्डोलाई दिएको ‘मार्का’ले जनाएको हो ।

स्पेनको राजधानी मड्रिडमा एक कार्यक्रमको आयोजना गर्दै स्पेनिस मिडिया ‘मार्का’ले यस वर्षको ‘लिजेन्ड अवार्ड’बाट रोनाल्डोलाई सम्मान गरेको बताइएको हो ।

रोनाल्डोले गत वर्ष तीन उपाधि जितेका छन् । गत वर्ष नै स्पेनिस क्लब रियल मड्रिडबाट इटालियन सिरी ए क्लब युभेन्टस पुगेका थिए । उनले दुई उपाधि क्लबलाई दिलाएका थिए भने एक उपाधि आफ्नो राष्ट्रिय टोलीलाई दिलाए ।

३४ वर्षीय रोनाल्डोले राष्ट्रिय टोली पोर्चुगललाई नेशन्स लिगको उपाधि जितेको थियो । इटालियन सिरी ‘ए’को उपाधि दिलाएको र व्यक्तिगततर्फ उच्च प्रदर्शन गरेको भन्दै मार्काले रोनाल्डोलाई सो अवार्ड दिने भएको हो ।

रोनाल्डोले पाँचपटक च्याम्पियन्स लिगको उपाधि जित्दा पाँचपटक नै बालोन डी‘ओर, चार पटक क्लब विश्वकप जितेका छन् । त्यस्तै तीन पटक युरोपियन सुपर कपको उपाधि हात पारेका उनले तीन प्रिमियर लिग, दुई ला लिगा, एक सिरी ए, एक युरोपियन च्याम्पियन्स कप र एक युइएफए नेशन्स लिगको उपाधि जितेका छन् ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ७ : ३३ बजे

पहाडी वनको ‘मदना चाँचर’ शुक्लाफाँटामा

कञ्चनपुर– जैविक विविधताले भरिपूर्ण शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पहिलोपटक ‘मदना चाँचर’

विश्वकप : आज सेमिफाइनल पुगिसकेको इंग्ल्यान्ड र संघर्षमा रहेको न्युजिल्यान्ड भिड्दै

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर–८ अन्तर्गत आज समूह ‘दुई’का

गुर्जावासीको दिनभरको यात्राअवधि साढे दुई घण्टामा छोटियो

गुर्जा– म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा गाउँ जोड्ने सडक निर्माण अन्तिम

संखुवासभा–ताप्लेजुङ सीमामा ४.७ म्याग्निच्युडको भूकम्प

काठमाडौं- संखुवासभा र ताप्लेजुङको सिमाना क्षेत्रमा आज बिहान भूकम्पको धक्का

बीबीसीको डकुमेन्ट्री भूराजनीतिक चलखेलको जिउँदो प्रमाण हो : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले निर्वाचनको मुखैमा सार्वजनिक