मानव बेचबिखनका कारण र रोकथामका १५ उपाय | Khabarhub Khabarhub

मानव बेचबिखनका कारण र रोकथामका १५ उपाय



काठमाडौं- हरेक वर्षको जुलाई ३० तारिखका दिनलाई संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवसको रुपमा मनाउँदै आएको छ । मानव बेचबिखन सम्बन्धी अपराधको बारेमा सचेतना फैलाउन यस दिनको सन्देश व्यापक रुपमा आम मानिसमा पुर्‍याउन जरुरी छ ।

आजको आधुनिक युगमा पनि मानिसले मानिसलाई नै बेचबिखन गर्ने जस्तो घृणित कार्य यस धर्तीमा फस्टाउँदै जानु कथित सभ्य समाजको कलंक हो । भनिन्छ, संसारमा फष्टाउँदो गतिमा रहेका प्रमुख तीनवटा अवैध संगठित अपराधहरु हातहतियार, मानव बेचबिखन तथा लागू औषध मध्ये मानव बेचबिखन दोस्रो ठूलो अपराधको रुपमा दर्ज भएको छ । जसमा प्रतिवर्ष ४२ बिलियन डलर बराबरको कारोबार हुने गर्दछ ।

विश्वका सरकारहरु यो अपराध नियन्त्रण गर्न लगभग असफल छन् । आधुनिक युगको दासता भनी परिभाषित यस अपराधलाई नियन्त्रण गर्नबाट सरकारहरु असफल हुनु भनेको मानव मात्रको लागि लज्जाको विषय हो । मानव बेचबिखन एउटा यस्तो अपराध हो जसले पुरुष, माहिला र बालबालिकालाई तारो बनाउँछ । उनीहरुलाई गलत कार्यहरुमा लगाइन्छ ।

दलालहरुको माध्यमबाट अनुचित श्रम तथा यौन शोषणजस्ता कार्यमा जवर्जस्ती संलग्न गराइन्छ । महिला वा बालिकालाई वेश्यावृत्तिमा लगाउने, यौनदासी बनाउने र मनोरञ्जन उद्योगमालगाई शोषण गर्नेजस्ता परम्परागत शोषणका कार्यबाट आज बेचबिखनको प्रवृति फेरिँदै बदलिंदै गएको छ ।

पीडित व्यक्तिको इच्छाविपरीत धम्कीको प्रयोग, जबर्जस्ती तथा धोकाधढीद्वारा जुनसुकै प्रकारको शोषण, घरेलु काम, मानव अङ्ग किड्नी झिक्ने, छाला झिक्ने, बेश्यावृति वा अन्य प्रकारका यौन शोषणमा लगाउने कार्यहरु गरिन्छ । अशिक्षा, अज्ञानता र गरिवीको फाइदा उठाउदै कतिलाई बैदेशिक रोजगारीको प्रलोभनमा र विविध छलकपट गरेर मानव बेचबिखन र मानव तस्करी गर्ने गरेको पाइन्छ।

यस अपराधको संगठित जालो तोड्नु नै आजको मुख्य अवश्यकता हो । तसर्थ: नेपालमा पनि सरकारले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी जुन कानून लागू गरेको छ त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा पीडकहरु सजिलै उम्कने र पीडितले उचित न्याय पाउन नसक्ने अवस्था छ । त्यसको अन्त्यको लागि सरकारको क्षेत्रबाट मात्र होइन नागरिक तहबाट समेत आवाज उठाईनु पर्दछ । हामी सबैले अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवसको उपलक्ष्यमा यस संगठित अपराधको विरुद्ध सघन रुपमा आवाज बुलन्द पारौं र मानव बेचबिखनविरुद्ध सशक्त रुपमा लडौं ।

मानव बेचबिखनका कारण

  • अशिक्षा र रोजगरीको अवर नहुँदा मानिस बेचबिखनको सिकार भएका छन् ।
  • घरेलु हिंसा महिलाहरू बेचिने अर्को कारण हो । घरमा श्रीमान र उनका परिवारले हेला गर्ने, कुटपिट गर्ने, र छोराछोरी लिएर अलग बस्ने बाध्यता भएका महिलाहरू यसको सिकार हुन्छन्।
  • हिंसामा परेकाहरू सधैं अवसरको खोजीमा हुन्छन् । उनीहरूलाई कसैले प्रलोभनसहित अवसर देखायो भने ती महिलाहरू चाडैं त्यस्ता दलालको पञ्जामा पर्छन्
  • आधुनिक सुविधाको उपभोग गर्ने रहर र धन कमाउने विदेश घुम्ने रहर पूरा गर्ने लालसाले गर्दा पनि बेचिन पुगेका छन् ।

मानव बेचबिखनको अपराध भित्रका चूनौति

  • मानव बेचबिखनमा बेचिने व्यक्तिलाई आफू बेचिँदैछु भन्ने जानकारी हुँदैन ।
  • मानव तस्करी र मानव बेचबिखन फरक कुरा हुन् तथापि तस्करीमा दुवै पक्षबीच शुरुमा सहमति भएजस्तो पनि हुन्छ र बेचबिखनमा पर्ने जोखिम पनि रहन्छ ।
  • लिङ्गको आधारमा नभई बालबालिका, महिला, पुरुष सबै बेचिन सक्छन् ।
  • संगठित योजनाअनुसार मानव तस्करी र बेचबिखन हुने गर्छ ।
  • बेच्ने गिरोहले बेचिनेलाई फरक/फरक लालच दिएका हुन्छन् ।
  • गिरोहका सामु त्यसलाई रोक्ने निकायहरू असफल हुँदै आएका छन् ।
  • पीडितलाई हिजोजस्तो वेश्यालयमा नै पुर्यााउनुपर्छ भन्ने छैन । डान्स बार, क्याबिन रेष्टुरेन्ट लगायतमा पनि बेचिन्छन् ।
  • विवाह गरेको नाटक गरी विदेश पुर्‍याउने पनि गरिन्छ ।
  • सरोगेट मदरको रुपमा पनि बेचिएका छन् ।
    छाला झिक्ने र किड्नी लगायतका अंग झिक्न पनि बेचिएका छन् ।
  • स्वदशमै वा वैदेशिक रोजगारीको लालचमा पनि बेचिन्छन् ।
  • आधुनिकीकरणसँगै मानव बेच्ने स्वरुपहरू बदलिएका छन् ।
  • मानव तस्करीको जालो विश्वभरि नै फैलिएको छ । सबै सेटिंग संगठित जालोले पहिला नै तय गर्छ ।
  • संगठित अपराधीसम्म अनुसन्धान पुग्न सकेको छैन ।

रोकथामका उपाय

  • बेचबिखन रोक्न समाजमा चेतना फैलाउन जरुरी छ ।
  • विद्यालयदेखि नै बालबालिकालाई यसका बारेमा शिक्षित गराउनु पर्दछ ।
  • पाठ्यपुस्तकमा समावेश गरेर आफू कसरी बच्ने र अरुलाई पनि कसरी बचाउने भन्ने कुरा सिकाउन जरुरी छ ।
  • समाजमा तुरुन्तै लागु गर्न सकिने किसिमका पाठ्यसामग्रीहरू समावेश गर्न जरुरी छ ।
  • रोजगारीका लागि जाने व्यक्तिलाई शिक्षा दिने, गलत बाटोबाट जाँदा पर्ने असरका बारेमा जानकारी गराउने गर्नुपर्छ ।
  • व्यक्तिगत तवरबाट आफु सचेत रहि परिवार र साथीहरू सवैलाई सचेतना फैलाउने ।
  • शंकास्पद व्यक्ति र जोखिममा रहेका व्यक्तिहरूको वारेमा निगरानी राख्ने परामर्श दिने र आवश्यकता अनुसार सम्वन्धित निकायसँग समन्वय गर्ने।
  • चोक, चौतारा पसालमा समेत मानव बेचविखन विरुद्ध छलफल एवं बहस सञ्चालन गर्ने लगायतका कार्य आवश्यक।
  • यसैगरी सामूहिक रुपमा मानव बेचविखनको जोखिममा रहेका समूदाय र क्षेत्र पहिचान गरी मानब बेचविखन रोकथामका लागि अन्तरक्रिया, सडक नाटक, र्याली, घरदैलो जस्ता कार्यक्रमहरू गर्ने।
  • मानव बेचविखनविरुद्ध क्रियाशिल सरकारी र गैर सरकारी संघ–संस्थाहरूसँग समन्वय गर्ने ।
  • पीडित प्रभावितहरूलाई आवश्यक सहयोग र परामर्श प्रदान गर्ने।
  • हिंसामा परेका पीडित प्रभावितलाई आत्म सम्मानपूर्वक बाँच्न पाउने वातावरण सृजना गर्दै पुनर्स्थापनाका लागि क्रियाशिल रहने।
  • मानव बेचबिखनका मुद्दा अनुसन्धान गर्ने प्रहरीलाई यसका बारेमा धेरै ज्ञान दिन जरुरी छ । उनीहरूलाई बेचबिखन सम्बन्धी अपराधको गाम्भीर्यता बुझाउन जरुरी छ ।
  • भारतीय सिमा नाकाहरुमा संघ संस्था र नागरिक समाजसंग मिलेर निगरानी प्रभावकारी बनाइनु पर्दछ ।
  • अनुसन्धान पद्धतिमा व्यापक सुधार गरी विज्ञ समूह खडा गर्ने र विशेष अनुसन्धान पद्धति लागू गरिनु आवश्यक छ ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ८ : ०४ बजे

रविलाई पूर्वडीआइजीको सुझाव : भागेर हुँदैन

काठमाडौं- नवराज सिलवालको पहिचान नेपाल प्रहरीको पूर्वडीआईजी भन्दा फराकिलो भएको

नेसपाले बझाङ उपनिर्वाचनमा ‘राइट टू नो भोट’को नीति अपनाउने

काठमाडौं– डा. बाबुराम भट्टराईको पार्टी नेपाल समाजवादी पार्टीले बझाङको उपनिर्वाचनमा

सबै कम्युनिष्ट एकतावद्ध हुनुपर्छ : नेता खनाल

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सबै कम्युनिष्ट

कोशीका मुख्यमन्त्रीले वैशाख २५ भित्र विश्वासको मत लिनुपर्ने

काठमाडौं– कोशी प्रदेशसभामा संकल्प प्रस्ताव पारित भएसंगै मुख्यमन्त्री केदार कार्कीले

एमालेको प्रतिनिधि परिषद् बैठकमा २ हजार ४५४ जना सहभागी हुने

काठमाडौं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा २ हजार