यी भारतीय पर्यटकले आफू बसेकै होटेलको सामान चारेपछि भिडियो बन्यो भाइरल « Khabarhub

यी भारतीय पर्यटकले आफू बसेकै होटेलको सामान चारेपछि भिडियो बन्यो भाइरल


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– हाल सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल बनेको छ । कुल २ मिनेट २० सेकेन्डको यो भिडियो इन्डोनेसियाको बालीमा लिइएको जनाइएको छ ।

भिडियोमा होटलका एक कर्मचारीले रिसोर्ट बाहिर झोला खानतलासी गरेको देखिन्छ । शुरूमा त परिवारले होटल कर्मचारीसँग झगडा गर्न खोज्छन् । तर कर्मचारीले सामानको तलासी गरिरहँदा होटलका सामान एकपछि अर्को गर्दै निकाल्छन् । उनीहरु जुन होटेलमा बसे त्यहीको सामान चोरर निस्किएका रहेछन् ।

चोरिएका सामानमा जिउ पुछ्ने रुमाल, विद्युतीय सामान, सजावटका सामान र अन्य कुरा छन् । भिडियोमा एक महिला भन्छिन्, ‘माफी माग्छौं । यो पारिवारिक भ्रमण हो । हामीहरू सबै कुरा भुक्तान गरिदिन्छौं । हामीलाई जान दिनुस् । हामीले फ्लाइट समात्नु छ ।’

भिडियोमा अन्य सुरक्षाकर्मीले पनि सामान तलाशी गरेको देखिन्छ । एक व्यक्तिले म भुक्तानी गरिदिन्छु भनेको पनि सुनिन्छ । तर कर्मचारीले पैसा लिन अस्वीकार गर्छन् । हेमन्त नामक व्यक्तिले भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेका हुन् ।

भारतीयहरूका लागि यो लज्जास्पद घटना भएको उनले बताए । होटलको कोठाबाट सामान चोर्ने भारतीय पर्यटकहरूको लज्जास्पद भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ८ : ०४ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको