तस्करको नजरमा एसियाली महिला : नेपाल उच्च जोखिममा | Khabarhub Khabarhub

तस्करको नजरमा एसियाली महिला : नेपाल उच्च जोखिममा


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सन् २०१३ डिसेम्बरमा संयुक्त राष्ट्रसंघको साधारण सभाले ३० जुलाईलाई मानव बेचबिखनविरुद्धको विश्व दिवस मनाउने घोषणा थियो । नेपालमा पनि यो दिवस विभिन्न कार्यक्रम गरेर मनाउने गरिन्छ । सरकारले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ र नियमावली, २०६५ को व्यवस्था गरी कार्यान्वयनमा ल्याएको छ । सार्कको ११ औं सम्मेलनबाट पारित महिला तथा बालबालिका बेचबिखनविरुद्धको सार्क महासन्धि २००२ लाई तत्कालीन व्यवस्थापिका संसदबाट अनुमोदन भएको दिनको सम्झनामा नेपालमा २०६४ सालदेखि मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाउन शुरु गरिएको थियो ।

नेपालको संविधानले मानव बेचबिखन तथा दास बनाएर राख्न नपाउने कानूनी व्यवस्था छ । पछिल्लो विभिन्न बाहानामा हुने मानव तस्करीले विश्वलाई टाउको दुखाइको विषय बन्दै गएको छ । मानव तस्करी रोक्न विश्वका विकाशित देशले अभियान चलाइरहेका छन् ।

संयुक्त राष्ट्रसंघको एक तथ्यांकले विश्वमा करिब ७९ प्रतिशत मानव बेचबिखन यौन शोषणको प्रयोजनका लागि हुनेगरेको जनाएको छ । पछिल्लो समय रोजगारीको प्रलोभन देखाएर करिब ५० प्रतिशत बेचबिखन यौन शोषणका लागि हुने गरेको राष्ट्रसंघको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

नेपालका विभिन्न जिल्लाहरुबाट वार्षिक हजारौंको संख्यामा किशोरीहरु यौन शोषणको प्रयोजनका लागि सञ्चालित भारतका कोठीहरुमा बेचबिखन भइहेका छन् । पछिल्लो समय खाडीका देश र मलेसिया सरकारले रोजगारीमा जान बन्द गरेपनि ती देश महिलाको तस्करी बढिरहेको छ ।

विश्वबाट वार्षिक ४० लाखभन्दा बढी पुरुष, महिला तथा बालबालिका बेचबिखन तथा ओसारपसारको सिकार बन्दै गएको अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आईओएम)को अध्ययनले देखाउदै आएको छ । बेचबिखन तथा ओसारपसार विरुद्ध काम गदै आएका विभिन्न संस्थाका अनुसार दक्षिण एसियाली मुलुकहरुमा मात्र वार्षिक २ लाख ३० हजार महिला तथा बालिका देहव्यापारका लागि बेचबिखन तथा ओसारपसारमा भइरहेको जनाइएको छ।

अन्तर्राष्ट्रिय मानवअधिकार संगठनका अनुसार सार्क राष्ट्रमा र एसियाली देशमा पछिल्लो समय शिक्षा र रोजगारीका नाममा धेरै मानव बेचबिखन तथा ओसारपसार भइरहेको औल्याउदै आएको छ । अप्रिकाका देशमा मानव तस्करीको जोखिम घट्दै गएको र एसियाली देशमा यो क्रम बढ्दै गएको विभिन्न अन्तर्राष्ट्रिय संगठनले आफना प्रतिवेदनमा उल्लेख गदै आएका छन् । तस्करको नजरमा एसियाली मुलकका अशिक्षीत र अविज्ञ महिला परिरहेका छन् । पछिल्लो समय रोजगारीको प्रलोभन देखाएर नेपालबाट पनि धेरै महिला बेचबिखनमा परिरहेका छन् ।

१५ हजारभन्दा धेरै बेचिए

नेपालबाट वार्षिक १५ हजारभन्दा धेरै महिला मानव बेचबिखनमा पर्ने गरेको विभिन्न संघसस्थाले दाबी गर्र्दै आएका छन् । राष्ट्रिय मानव अधिकार आयोगले पछिल्लो समय रोजगारी तथा अन्य बाहानामा नेपाली महिला मानव बेचबिखन हुदै आएको प्रति सरकारलाई सचेत गराउदै आएको छ ।

नेपालमा पछिल्लो समय वार्षिक ७ हजारभन्दा महिला तथा बालबालिका बेचबिखनमा पर्ने गरेको आयोगको प्रतिवेदनमा भनिएको छ । आयआर्जनको माध्यामबाट मात्रै मुलुकमा मानव बेचबिखनलाई न्यूनिकरण गर्दै लैजान सरकारलाई सुझाव पनि आयोग गदै आएको छ । भारतसँग जोडिएको सिमाना हुँदै वार्षिक ४ हजारभन्दा बढी महिला रोजगारीका नाममा तस्करीमा पर्ने गरेको माइती नेपालले जनाएको छ ।

नेपाल भारतको सिमाना हुँदै मासिक ५ सयभन्दा बढी महिलाको तस्करी भइरहेको अपराध प्रहरीले जनाएको छ । विगत १० वर्षमा रोजगारीमा गएका ४० हजारभन्दा धेरै महिलाको तस्करीमा परेको माइती नेपालको तंथ्याकमा उल्लेख छ । यी महिलालाई सरकारी सहयोगमा उद्धार गरी स्वदेश फर्काइएको छ ।

नेपालमा मूलतः गरीबीका कारण मानव बेचविखन जस्ता जघन्य अपराधले जरो गाडदै आएको छ । विभिन्न अध्ययन तथा प्रतिवेदनहरुले मानव बेचबिखन बढ्दै गएको बताउँदै आएका छन्

उद्धार गरिएका महिलाको अवस्थाबारे सरकार र महिला अधिकारको क्षेत्रमा काम गर्ने संस्था बेखबर छन् । ती महिला समाजमा पुनः स्थापित भएको पुनः वैदेशिक रोजगारीमा गएको विषयमा सम्बन्धित निकायले चासो नदिने गरेको पाइन्छ । उनीहरु सवै रोजगारीका नाममा मानव बेचबिखनमा परेका हुन ।
महिला तथा बालबालिका बेचबिखनविरुद्ध (एटविन) अनुसार दैनिक २ सय जना महिला मानवबेचबिखन भइरहेको जनाएको छ । यसरी तस्करीमा भइरहेका महिला प्राय रोजगारीको प्रलोभन देखाएर दलालले फसाउने गरेको एटविनले औल्याएको छ ।

सरकारले मानव बेचबिखन रोक्न प्रयास गरिरहेको र मानव तस्करीमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याएर कारवाही गदै आएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका प्रवक्ता राजेन्द्र कुमार पौडेलले बताएका छन् । चेतना र शिक्षाको अभावले भन्दा विलाशी वा प्रलोभनमा परेर धेरै मानव बेचविखन जस्ता जघन्य अपराध भइरहेको उनको भनाइ छ ।

मानव बेचविखनसम्बन्धी कानूनी व्याख्या नै अपुरो भएका कारण समस्या जटिल बन्दै गएको महिला तथा बालबालिका बेचविखनविरुद्ध सहकर्मी समूह नेपालकी अध्यक्ष अन्जना शाक्यले बताइन । ‘शोषण गर्ने वा अन्य कुनै पनि उद्देश्यले मानिस किन्ने वा बेच्ने वा सो प्रयोजनका लागि विदेशमा लैजाने र विदेशबाट नेपालमा ल्याउने, विदेश लगिसकेपछि वा नेपालमा ल्याइसकेपछि पनि एक ठाउँबाट अर्को ठाउँमा ओसारपसार गर्ने, स्थानान्तरण गर्ने’ लाई पनि मानव बेचविखन मानिनेछ भन्ने व्यवस्था थप्नुपर्छ ।’ उनले भनिन, ‘सामान्य मुद्दामा जस्तै छुट पाइएका कारण मानव तस्कारीमा परेर व्यक्तिले न्याय पाएका छैन । यो विषयमा सम्बन्धीत पक्ष गम्भीर भएर काम गर्नु पर्छ ।’

नेपालमा मूलतः गरीबीका कारण मानव बेचविखन जस्ता जघन्य अपराधले जरो गाडदै आएको छ । विभिन्न अध्ययन तथा प्रतिवेदनहरुले मानव बेचबिखन बढ्दै गएको बताउँदै आएका छन् । नेपालका विभिन्न जिल्लाहरुबाट वार्षिक हजारौंको संख्यामा किशोरीहरु यौन शोषणको प्रयोजनका लागि सञ्चालित भारतका कोठीहरुमा बेचबिखन भइहेका छन् । पछिल्लो समय खाडीका देश र मलेसिया सरकारले रोजगारीमा जान बन्द गरेपनि ती देश महिलाको तस्करी बढिरहेको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  १० : ०४ बजे

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

संखुवासभा–  चिचिला गाउँपालिका-२ ज्यामिरे बस्ने २४ वर्षीय छेम्बी शेर्पाको करेन्ट लागेर बिहीबार

प्रधानमन्त्रीकाे आग्रह- निजी क्षेत्र ढुक्क भएर विद्युत् उत्पादनमा लाग्नुहोस् 

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १० वर्षमा १० हजार मेगावाट

राष्ट्रियसभा बैठक आइतबारसम्म स्थगित

काठमाडौं– नेपाली कांग्रेसले राष्ट्रिय सभाको आजको बैठक पनि अवरुद्ध गरेको

प्रतिपक्षीहरूको बैठकमा राप्रपाले भन्यो : गृहमन्त्रीलाई बोल्न दिऊँ, चित्त नबुझे प्रतिवाद गरौँला

काठमाडौं- सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसको आयोजनामा बसेको प्रतिपक्षी दलहरूको

ओलीको प्रतिक्रिया : कांग्रेसले असभ्य व्यवहार देखायो, संसद् भिडन्त गर्ने ठाउँ होइन

काठमाडौं- प्रमुख सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबारको