मुकेश अम्बानीले दिएका थिए बुहारीलाई सुनको कार उपहार | Khabarhub Khabarhub

मुकेश अम्बानीले दिएका थिए बुहारीलाई सुनको कार उपहार


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेनसी– रिलायन्स इन्डस्ट्रीजका मालिक तथा एसियाकै धनी मुकेश अम्बानी पैसा, गाडी तथा विभिन्न विलासीका सामानका कारण सधैँ चर्चामा रहन्छन् ।

अम्बानी घर र सम्पत्तीको कारण मात्र होइन उनको पूरै जीवनको बारेमा नै मानिसहरुमा चासो रहने गर्छ । भने उनको सम्पूर्ण परिवार पनि यसमा सामेल हुने गर्छन् ।

गएको वर्ष विवाह बन्धनमा बाधिँएका उनका छोरा आकाश अम्बानी र उनकी श्रीमतीको विषयमा पनि निकै लामो समयदेखि चर्चा–परिचर्चा चलेको थियो । मिडिया रिपोर्टका अनुसार मुकेश अम्बानीले आफ्नी बुहारीलाई अनौठो उपहार दिएका थिए ।

मुकेश अम्बानीले बुहारीको लागि दुबईबाट किनेर ल्याएको सुनको कार उपहार दिएका थिए । कार सिधै दुबईबाट भारत ल्याइएको थियो । मुकेश अम्बानी पनि कारका सौखिन मानिन्छन् । उनीसँग १७० भन्दा बढी कारको विशाल संग्रह नै छ । दुबईमा सुनको कार बन्नु र बनाउनु कुनै नौलो कुरा भने होइन ।

दुबईका शेख पनि सुनको कारमा नै शयर गर्ने गर्छन् । भारतीय सञ्चार माध्यमका अनुसार मुकेश अम्बानीले विशेष रुपमामा उक्त कारलाई बिहेमा आफ्नी बुहारी श्लोकलाई दिएका थिए । कारको मुल्य ४१० मिलियन परेको बताइन्छ ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ८ : २६ बजे

प्रधानमन्त्रीले गरे पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन

काठमाडौं– नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको छ । प्रधानमन्त्री

वेस्ट इन्डिजका क्रिकेटर थोमसलाई ५ वर्षको प्रतिबन्ध

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले वेस्ट इन्डिजका डेभन थोमसलाई

सडक भत्किएपछि कान्तिलोकपथ बन्द

पाटन– कान्तिलोकपथ बन्द भएको छ । मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी– नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल

सहकारी प्रकरणमा मुछिएकी आफ्नै सांसदमाथि छानबिन गर्न राप्रपाको माग

काठमाडौं– राप्रपाले सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी आफ्नी