रियलको ‘स्क्वाड’ बाहिर बेल « Khabarhub

रियलको ‘स्क्वाड’ बाहिर बेल


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वेल्सका चथा रियल मड्रिडका स्टार खेलाडी ग्यारेथ वेललाई रियलले प्रि सिजन प्रतियोगिताको म्युनिख भ्रमणबाट बाहिर राखेको छ । आइतबारमात्रै रियलले बेलका लागि चिनियाँ क्लबबाट आएको प्रस्ताव अस्वीकार गरेको थियो भने सोमबार राति म्युनिखका लागि घोषणा भएको टोलीबाहिर छन् ।

चिनियाँ क्लबसँगको प्रस्ताव अस्वीकार गरेपछि अहिले बेल सकारात्मक मनस्थितिमा नरहेका कारण टिममा नराखेको बताइएको छ ।

अघिल्लो हप्ता रियलका प्रशिक्षक जिनेदिन जिदानले बेल छिट्टै क्लब छाड्ने मनस्थितीमा रहेको बताएका थिए । उनले यो पनि भन्न भ्याएका थिए कि बेल ‘भोली नै क्लबबाट बाहिरिए सबै खुसी हुन्छन् ।’

६ बर्षअगाडि टोटनह्यामबाट रियल मड्रिड आउँदा ८५ मिलियन पाउण्ड स्ट्रलिङमा आवद्ध भएका थिए । बेल रियलमा आइसकेपछि रियलले ४ पटक च्याम्पियन्स लिग उपाधि उचालेको थियो ।

जसमा उनले च्याम्पियन्स लिगको फाइनलमा मात्रै ३ गोल गरेका छन् । रियलले २०१४, २०१६, २०१७ र २०१८ मा च्याम्पियन्स लिग ट्रफी उचालेको थियो । रियलमा रहँदा बेललाई इन्जुरीले पनि सतायो । जसमा उनले पछिल्ला ४ सिजनमा ला लिगामा मात्रै ७९ खेल खेलेका छन् ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ९ : ५९ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म (भिडियोसहित)

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा