रियलको ‘स्क्वाड’ बाहिर बेल | Khabarhub Khabarhub

रियलको ‘स्क्वाड’ बाहिर बेल


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वेल्सका चथा रियल मड्रिडका स्टार खेलाडी ग्यारेथ वेललाई रियलले प्रि सिजन प्रतियोगिताको म्युनिख भ्रमणबाट बाहिर राखेको छ । आइतबारमात्रै रियलले बेलका लागि चिनियाँ क्लबबाट आएको प्रस्ताव अस्वीकार गरेको थियो भने सोमबार राति म्युनिखका लागि घोषणा भएको टोलीबाहिर छन् ।

चिनियाँ क्लबसँगको प्रस्ताव अस्वीकार गरेपछि अहिले बेल सकारात्मक मनस्थितिमा नरहेका कारण टिममा नराखेको बताइएको छ ।

अघिल्लो हप्ता रियलका प्रशिक्षक जिनेदिन जिदानले बेल छिट्टै क्लब छाड्ने मनस्थितीमा रहेको बताएका थिए । उनले यो पनि भन्न भ्याएका थिए कि बेल ‘भोली नै क्लबबाट बाहिरिए सबै खुसी हुन्छन् ।’

६ बर्षअगाडि टोटनह्यामबाट रियल मड्रिड आउँदा ८५ मिलियन पाउण्ड स्ट्रलिङमा आवद्ध भएका थिए । बेल रियलमा आइसकेपछि रियलले ४ पटक च्याम्पियन्स लिग उपाधि उचालेको थियो ।

जसमा उनले च्याम्पियन्स लिगको फाइनलमा मात्रै ३ गोल गरेका छन् । रियलले २०१४, २०१६, २०१७ र २०१८ मा च्याम्पियन्स लिग ट्रफी उचालेको थियो । रियलमा रहँदा बेललाई इन्जुरीले पनि सतायो । जसमा उनले पछिल्ला ४ सिजनमा ला लिगामा मात्रै ७९ खेल खेलेका छन् ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ९ : ५९ बजे

रौतहटबाट गाँजासहित दम्पत्ति पक्राउ

रौतहट । रौतहटमा अवैध लागूऔषध गाँजासहित एक दम्पत्ति पक्राउ परेका

मुम्बईविरुद्ध दिल्लीको रोमाञ्चक जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले मुम्बई

चर्च ब्वाइजले जित्यो भोजपुर गोल्डकपको उपाधि

भोजपुर – भोजपुरमा जारी सातौं संस्करणको अन्तराष्ट्रिय आमन्त्रति मेयर भोजपुर

आजका समाचार : उपनिर्वाचनदेखि क्रिकेटमा नेपालको जितसम्म

इलाममा ५८ प्रतिशत मतदान इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा

हावाहुरीका कारण ४० परिवारका घरमा क्षति

बाजुरा– आज आएको हावाहुरीका कारण बाजुरा ठूलो क्षति भएको छ