बाबुरामले परिवारसहितको फोटो फेसबुकमा राख्दा के-के कमेन्ट आए? « Khabarhub

बाबुरामले परिवारसहितको फोटो फेसबुकमा राख्दा के-के कमेन्ट आए?


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- डा.बाबुराम भट्टराईले जनयुद्धमा होमिएका बेलाको स-परिवारको तस्वीरले यतिबेला सामाजिक सञ्जाल फेसबुकमा निक्कै चर्चा पाएको छ । डा. भट्टराईले ‘भूमिगत कालमा छोरी,आमा र बाउ !’ क्याप्सनसहित राखेको तस्वीरमा बेग्ला बेग्लै टिप्पणी गरेका छन् ।

धेरैले जनयुद्धको मर्म विर्षेको बताएका छन् भने केहिले द्वन्द्वकालको सम्झनाले सताएको उल्लेख गरेका छन् । तारा केसीले लेखेको कमेन्टमा आजकै दिन देख्न जनयुद्ध भएको हो भनेर प्रश्न सोधेका छन् । उनले लेखेका छन्-‘दन्द्कालको निकै सम्झना आए जस्तो छ डा : साब लाई त्यसरी जनयुद्ध गरेको आज यिनै दिन देख्न लाई हो?’

विर्खबहादुर शाहीले लेखेका छन्-‘१७ हजारको कोटामा नपर्नु सौभाग्य हो । हामिलाई पनि रहर थियो आप्नो बाबाको साथमा फोटा खिच्ने तर त्यो खुसी तपाईंहरुको भुमिगतको मार्गले चकनाचुर पार्यो ।’

त्यस्तै सुरेश भट्टराईले भुमिगत जीवनमा पनि फोटो खिच्न स्टुडियो छिर्नु भएछ । तपाईंसँग त सानो परिवार सुखी परिवार सधै भरी छ तर धेरैका परिवारको बिचल्ली पार्नु भो, यसरी फोटो धेरैले खिछे होलान, धेरैको फोटोमा मात्र बाउ होलान तर घर कहिल्यै आएनन । लापता!’

प्लिज बुद्ध भुवनले लेखेका छन्-‘साह्रै दुख लाग्यो कतिपय कमेन्ट पढ्दा,हो १७ हजार शहीद हुनु भो र उहाँहरु कै बलिदानले गर्दा नै देशमा पनि ठूलो परिवर्तन आएको छ जुन बेला राज्य पक्षलाई एक शब्द भन्न नसकिने अबस्थाबाट यो अबस्थामा पुगिएको छ,सबैको हकहित पूरा होला नहोला तर पनि त्यो अवस्था निर्माण गर्न ठूलो भुमिका छ जनयुद्धको।अश्लिल राजनीतिका कारण अलग भएका डा.साबको दोष छैन जस्तो लाग्छ जे भयो राम्रैको लागि भयो। भुमिगतको तस्वीरको सम्झना आउनु भनेको अझै नेपाली जनताको एजेण्डा पूरा नभएको अनुभूति गराउँछ।लामो समयको अन्तरालमा पनि। सकारात्मक सोच राखि एक पटक विश्वास गरौं र हेरौं।

त्यस्तै गणेश लिम्बूले लेखेका छन्-‘अहिले अलि बुद्धि बिगि्रएको भए पनि नेपाली जनता को मौलिक हक को लागि नेतृत्वदायी भुमिका गरिदिए को मा धन्यवाद बाद डाक्टर साब ।’

दाहाल मिराजले व्यंग्य गरेका छन्- ‘भूमिगत भएकाहरु अहिले खुलम खुल्ला हिड्न पाए र त्यो बेला खुल्लम खुला हिडेका १७ हजारलाई सदाका लागी भुमिगत बनाईदिए! वा डाउटर साहेब!!’

हेर्नुहोस् बाबुरामले फेसबुकमा राखेको फोटो र त्यसमा आएको कमेन्ट

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  १० : ३८ बजे

प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो

प्रधानमन्त्री शाहले राष्ट्रसंघीय महासभालाई अहिले सम्बोधन गर्दै, प्रत्यक्ष प्रसारण कसरी हेर्ने ?

न्यूयोर्क- संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन गर्दैछन्

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर