धुलोका कारण लाग्न सक्छन् यस्ता रोग, कसरी बच्ने ? « Khabarhub

धुलोका कारण लाग्न सक्छन् यस्ता रोग, कसरी बच्ने ?


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वर्षाको समयमा पानी परेर रोकिएपछि केहीबेरमै काठमाडौंको सडक धुलाम्मे हुन्छन् । वर्षापछि उड्ने धूलोले  मानव स्वास्थ्यमा गम्भीर असर पुर्‍याउछ ।

धूलोमा रहेको हानिकारक कणहरुलाई हाम्रो नाकले छान्न सक्दैन, जसले हाम्रो शरीरलाई तत्कालीन र दिर्घकालीन असरहरु गर्छ, त्यसैले धूलोबाट सकेसम्म बच्नुपर्छ ।

धूलो कारण तत्काल देखिन असर

–आँखामा एलर्जी हुने,

–रुघाखोकी लाग्ने,

–झाडापखला हुने,

–जण्डिस तथा टाइफाइट हुने

दिर्घकालीन असर

–श्वासप्रश्वास सम्बन्धी समस्या देखिन्छ,

–गर्भवति महिलाबाट जन्मने शिशूमा जन्मजात रोगहरु देखिन सम्भावन हुन्छ

–निमोनिया हुन्छ

–क्यान्सर हुनसक्छ ।

धूलो उडिरहेको ठाउँमा निस्कदा विभिन्न रोगको खतरा हुने भएकाले सकेसम्म बाहिर ननिस्कनु  नै उपयुक्त हुन्छ । तर कामकाजी मानिसहरु जति नै धुलो भएपनि बाहिर निस्किनै पर्ने हुन्छ । त्यसैले धूलो उड्ने ठाउमा निस्कँदा विशेष सावधानी अपनाउनुपर्छ ।

धुलोबाट बच्न यस्तो गर्नुस्

–काम नपर्दा सकेसम्म बाहिर ननिस्कने,

–गुणस्तरीय मास्क लगाउने,

–शरीर पुरै छोपिने खालका कपडा लगाउने,

–आँखा पुरै छोपिने चस्मा लगाउने,

–बाहिर वा कामबाट घरमा फर्किएपछि हातखुट्टा राम्रोसँग सरसफाइ गर्ने,

–सकेसम्म घरमै बनाएको खाना खाने,

–बालबालिका, बृद्धबृद्धा, बिरामी तथा श्वासप्रश्वासका बिरामीले बाहिर हिड्दा विशेष ख्याल गर्ने ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ६ : ४८ बजे

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको