८९ किलो गाँजासहित वीरगन्जबाट ४ भारतीय नागरिक पक्राउ « Khabarhub

८९ किलो गाँजासहित वीरगन्जबाट ४ भारतीय नागरिक पक्राउ


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– पर्सा प्रहरीले ८९ किलो गाँजासहित ४ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पर्साको वीरगन्ज महानगरपालिका–२५ ड्राइपोर्ट बहुअरी क्षेत्रबाट नेपालबाट भारततर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट बीआर–२८–जी–२७७० को बोलोरो गाडीमा सवार ४ जना भारतीय नागरिक पक्राउ परेका हुन् ।

चेकजाँचका क्रममा बीआर–२८–जी–२७७० नम्बरको गाडीमा ८९ किलो गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पक्राउ पर्नेमा भारतीय राज्य बिहारअन्तर्गतको मोतिहारी जिल्ला विसुनपुर–३ का ३१ वर्षीय नुर मोहम्मद हुसेन, बिहार मोतिहारीकै फुलवरिया–११ का ३२ वर्षीय असलम आलम साइन, फुलवरिया–११ कै २८ वर्षीय इर्साद साइन र मोतिहारीअन्तर्गतको सितलपट्टी घर भएका सुनिल साह छन् ।

उनीहरुले गाडीमा विशेष प्रकारको फल्स बटम बनाएर लुकाइछिपाइ भारततर्फ गाँजा तस्करी गरिरहेका थिए ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ११ : ४३ बजे

दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू

नयाँदिल्ली– भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले

तृतराजको ५०, जनकपुरको १०० रन पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

जाडो बढेसँगै ‘भक्का’ को व्यापार फस्टाउँदै

झापा– चिसो मैसम सुरु भएसँगै झापा, मोरङ, सुनसरीलगायत पूर्वी तराईका

पोखराले गुमायो तेस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ– गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि