अवैधानिक गतिविधिमा संलग्न रहेको भन्दै नेपालबाट २ पाकिस्तानी नागरिक पक्राउ « Khabarhub

अवैधानिक गतिविधिमा संलग्न रहेको भन्दै नेपालबाट २ पाकिस्तानी नागरिक पक्राउ


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा अवैधानिक गतिविधिमा संलग्न रहेका २ जना पाकिस्तानी नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पाकिस्तानी नागरिक सोहेल फिरोज र खासिफ पर्वेज छन् । उनीहरुलाई अहिले अध्यागमन विभागको हिरासतमा राखिएको जनाइएको छ ।

अध्यागमन विभाग स्रोतका अनुसार उनीहरुलाई अहिले पाकिस्तान डिपोर्ट गर्ने तयारी भइरहेको छ ।

अध्यागमन विभागले गुपचुप रुपमा उनीहरुलाई पाकिस्तान डिपोर्ट गर्ने तयारी गरेको हो ।

पक्राउ परेका पाकिस्तानी नागरिकहरु नेपालमा कस्तो प्रकारको गैरकानूनी कार्यमा संलग्न थिए भन्ने विषय खुलाइएको छैन ।

सो विषयमा बुझ्न खोज्दा अध्यागमन विभागका महानिर्देशक (सहसचिव) ईश्वर राज पौडेलको फोनमा सम्पर्क हुन सकेन ।

यद्यपि अध्यागमन विभागले भने २ जना पाकिस्तानी नागरिक पक्राउ परेका पुष्टि गरेको छ ।

‘उनीहरुमाथि अहिले अनुसन्धान भइरहेको छ,’ खबरहबको सम्पर्कमा आएको अध्यागमन विभागका एक अधिकारीले भने ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  २ : २९ बजे

चीन-नेपाल सांस्कृतिक उत्पादन बिक्री केन्द्र काठमाडौंमा स्थापना

काठमाडौं– चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७० औं

शाखा अधिकृत भन्दै सरकारी पोशाकमै सिंहदरबार पसेर ठग्थे समन

काठमाडौं- आफूलाई लोकसेवा आयोगबाट नियुक्त शाखा अधिकृत भन्दै नक्कली कागजात

शीतल निवासले खोल्यो सरकार-तीन दल संवादको ढोका, अब बालुवाटारमा जुट्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण