कलंकी गोली प्रहार प्रकरण– सडक डिभिजनका पूर्व इन्जिनियर हतियारसहित पक्राउ « Khabarhub

कलंकी गोली प्रहार प्रकरण– सडक डिभिजनका पूर्व इन्जिनियर हतियारसहित पक्राउ


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार राति काठमाडौंको कलंकीमा भएको गोली प्रहारमा संलग्नको आशंकामा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ ।

सोमबार राति कलंकीमाई मन्दिर नजिकै रहेको विष्णुप्रसाद शर्माको ३ तले घरमा गोली प्रहार भएको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले १ जनालाई हतियारसहित नियन्त्रणमा लिएको हो ।

महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले सडक डिभिजन कार्यालयका पूर्व इन्जिनियर शुभाकर खनाललाई नियन्त्रणमा लिएको हो ।

महानगरीय अपराध महाशाखा स्रोतका अनुसार उनको साथबाट २ थान हतियार र त्यसमा लाग्ने गोली करिब ४५–५० राउण्ड बरामद भएको छ । उक्त हतियार इजाजत (लाइसेन्स)प्राप्त रहेको महाशाखा स्रोतले जानकारी दियो ।

प्रहरीका अनुसार अहिले उक्त हतियारको परीक्षणका लागि प्रहरीको फरेन्सिक ल्याब पठाइएको छ ।

‘उक्त हतियारबाट गोली चलेको हो हैन भन्ने विषयमा हामीले अहिले परीक्षण गरिरहेका छौं,’ महानगरीय प्रहरी परिसर काठमाडौंका एक अधिकारीले खबरहबसँग भने, ‘परीक्षण रिपोर्ट आएपछि थप कारबाही अगाडि बढाउँछौं ।’

हतियारसहित नियन्त्रणमा लिइएका खनाल भने अहिले अपराध महाशाखाको नियन्त्रणमा छन् । महाशाखाले खनालमाथि अनुसन्धान गरिरहेको जनाएको छ ।

कलंकीमाईस्थित शर्माको घरमा गोली चलेको खबर पाउनासाथै प्रहरीले घटनास्थल वरपर खानतलासी शुरु गरेको थियो । प्रहरीले सोमबार राति नै खनालको घरमा खानतलासी गर्न खोजेपनि उनको परिवारले ढोका खोलेको थिएन ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  २ : ४७ बजे

शाखा अधिकृत भन्दै सरकारी पोशाकमै सिंहदरबार पसेर ठग्थे समन

काठमाडौं- आफूलाई लोकसेवा आयोगबाट नियुक्त शाखा अधिकृत भन्दै नक्कली कागजात

शीतल निवासले खोल्यो सरकार-तीन दल संवादको ढोका, अब बालुवाटारमा जुट्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण