प्रधानमन्त्री ओलीको सिंगापुर यात्रा– नेपालमा उपचार सम्भव नभएर हो ? | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीको सिंगापुर यात्रा– नेपालमा उपचार सम्भव नभएर हो ?


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि  सिंगापुर जाने भएका छन् ।  केही दिन अघि गंगालाल अस्पतालमा भएको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू बिरामी भएको बताएका थिए ।

प्रधानमन्त्री ओली निकट स्रोतका अनुसार प्रधानमन्त्री ओली आगामी शनिबार स्वास्थ्य परीक्षणका लागि सिंगापुर जाँदै छन् । प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि शनिबार सिङ्गापुर जाने तय भइसकेको प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।

१२ वर्ष अघि मिर्गौला प्रत्यारोपण गरेका ओलीको समय–समयमा स्वास्थ्य समस्या देखिने गरेको छ ।  उनलाई चिकित्सकहरुले भिडभाडमा संक्रमण हुने खतरा रहेकाले सचेत रहन आग्रह गर्दै आएका छन् । तर प्रधानमन्त्री ओली विभिन्न कार्यक्रम तथा बैठकहरुमा सहभागी हुँदै आएका छन् ।

तर अहिले उनको स्वास्थ्यमा केही समस्या देखिएपछि स्वास्थ्य परीक्षणकै लागि प्रधानमन्त्री ओली सिंगापुरमा जान लागेको उनी निकट स्रोतको भनाइ छ । प्रधानमन्त्री ओलीको सिंगापुरमा १० दिनसम्म रहने उनी निकट स्रोतले बताएको छ ।

यता प्रधानमन्त्री ओलीकी निजी चिकित्सक दिव्य सिंह साहले भने प्रधानमन्त्री गम्भिर बिरामी नभएको बताएकी छन् ।

‘उहाँ गम्भिर बिरामी हुँनुभएको होइन, तर उहाँलाई अलि बढी आराम चाहिएको छ त्यसैले उहाँ सिंगापुर जान लाग्नुभएको छ,’ साहले भनिन्, ‘बिहान पनि उहाँलाई भेटेर आएकी हुँ, स्वास्थ्य अवस्था सामान्य छ ।’

सिंगापुरमा रहँदा ओलीले स्वास्थ्य परीक्षण पनि गर्ने डा साहले बताइन् । गत कात्तिकमा नेपालकै अस्पतालमा भर्ना भएर उपचार गरेका प्रधानमन्त्री ओली अहिले भने स्वास्थ्य परीक्षणका लागि विदेश जाने तयारी गर्दैछन् ।

गत वर्षको दशैंमा सामुहिक भेटघाटमा व्यस्त हुँदा संक्रमण भएपनि प्रधानमन्त्री ओली बिरामी परेका थिए । उनलाई त्रिवि शिक्षण अस्पताल परिषरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा ५ दिन उपचार गरिएको थियो ।

त्येतिबेला प्रधानमन्त्री ओलीले नेपालमै उपचार गराएको विषयले निकै चर्चा पायो । देशका उच्च पदस्थ व्यक्तिको ५ दिनको उपचार खर्च ३६ हजार मात्रै हुनु नेपालको लागि चर्चाकै विषय पनि बनेको थियो ।

त्यतिबेला प्रधानमन्त्री ओलीले भर्ना भएर बस्दा अस्पतालका चिकित्सकलाई नै सुनाएका थिए, ‘बैंककमा उपचार गराउन जाँदा मध्यस्तकर्तालाई नै ४ लाख कमिसन मात्रै बुझाउनुपर्‍यो ।’

नेपालमा उपचार सम्भव हुँदाहुँदै विदेशमा उपचार गराएमा त्यसको उपचार खर्च सरकारले नव्यहोर्ने भनेर गत भदौमा नै जनस्वास्थ्य ऐन आएको थियो ।

प्रधानमन्त्री ओलीले नेपालकै अस्पतालमा कम खर्चमा स्वास्थ्य उपचार गराउँदा उक्त ऐन प्रधानमन्त्री ओलीबाटै कार्यन्वयन भएको भन्दै धेरैले प्रशंसा समेत गरेका थिए ।  नेपालमै उपचार गराएर प्रशंसा बटुलेका प्रधानमन्त्री ओली अहिले भने स्वास्थ्य परीक्षणका लागि बिदेश नै जान लागेका छन् ।

ओलीको स्वास्थ्य समस्याबारे जानकार चिकित्सकले भने उनको उपचार नेपालमै पनि हुन सक्ने बताउँछन् ।

‘उहाँले यसअघि पनि नेपालमै आफ्नो उपचार हुन्छ भनेर भन्नुभएको थियो । अहिले आएर किन विदेश जाने अवस्था आयो त्यो त थाहा भएन,’ खबरहबको सम्पर्कमा आएका एक चिकित्सकले भने, ‘उहाँमा अहिले देखिएको स्वास्थ्य समस्या सामान्य भनिएको छ । यस्तो प्रकारको स्वास्थ्य समस्याको नेपालमै उपचार सम्भव छ । यसका लागि विदेश नै गइरहनुपर्ने त थिएन ।’

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ७ : ३४ बजे

बेलौरीमा जलेको अवस्थामा एक जनाको शव भेटियो

कञ्चनपुर– बेलौरी नगरपालिका–१० शिवनगरमा ५० वर्षीय हरिकिसन रानाको शव आज

नारायणकाजीको प्रस्ताव- प्रतिगमनलाई बल पुराउने यथास्थितीवादलाई परास्त गरौँ

काठमाडौं– नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रतिगमनलाई बल

मुल्तानी माटो एक, अनुहार, छाला र कपाललाई फाइदा अनेक

काठमाडौं– गर्मीयाममा पिम्पल, दाग, छालामा फुस्रो हुने, चिलाउने जस्ता समस्या

सप्तकोशीमा बेपत्ता दुईजनाको खोजी जारी

इटहरी– यहाँको बराहक्षेत्र नगरपालिका–१ स्थित सप्तकोशी नदीमा बेपत्ता दुईजनाको खोजी

नेप्से प्रमुखको अग्निपरीक्षा, पूरा होलात लगानीकर्ताको सपना ?

काठमाडौं– धेरै समयको रस्साकस्सीपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी