जनकपुरधाम उपमहानगरपालिकाका उपसचिवसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर « Khabarhub

जनकपुरधाम उपमहानगरपालिकाका उपसचिवसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत (उपसचिव)सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाका लागि विद्युतीय सामग्री खरिद गर्दा ११ लाख ३५ हजार ४ सय ११ रुपैयाँ ५७ पैसा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ जना कर्मचारी र १ जना ठेकेदारसहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

अख्तियारले गरेको छानबिनअनुसार जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत अर्जुन प्रसाद सुवेदीसँगको मिलेमतोमा एउटै व्यक्तिबाट ३ ओटा कम्पनीको कोटेशन हाल्न लगाइ ११ लाख ३५ हजार रुपैयाँ अनियमितता भएको भेटिएको हो ।

प्रमुख कार्यकारी अधिकृत सुवेदीले सत्या इन्टरप्राइजेजका मनिषकुमार मिश्रसँगको मिलेमतोमा अनियमितता गरेका अख्तियारको दाबी छ । अख्तियारका अनुसार सुवेदीले सत्या इन्टरप्राइजेजका मिश्रलाई अन्य २ कम्पनीको नामबाट समेत कोटेशन हाल्न लगाएका थिए ।

उक्त अनियमितता प्रकरणमा प्रमुख कार्यकारी अधिकृत सुवेदीका अतिरिक्त अर्का उपसचिव मदन घिमिरे, शाखा अधिकृत ललनकुमार ताल कर्ण, लेखापाल दिनेश चौधरी र नायव सुब्बा अब्दुल जव्वारको समेत मिलेमतो रहेको अख्तियारको दाबी छ ।

५ जना कर्मचारीसहित सत्या इन्टरप्राइजेजका मनिषकुमार मिश्रविरुद्ध ११ लाख ११ लाख ३५ हजार ४ सय ११ रुपैयाँ ५७ पैसा बिगो दावी गरेको छ । अख्तियारले ५ जना कर्मचारीको हकमा भ्रष्टाचार नियन्त्रण ऐन, २०५९ को दफा (८)को उपदफा (१) बमोजिम ३ वर्षसम्म र सोही ऐनको दफा (८)को उपदफा (३) बमोजिम थप दुई वर्ष समेत गरी ५ वर्षसम्म कैद सजाय मागदाबी गरेको छ ।

सत्या इन्टरप्राइजेजका मनिषकुमार मिश्रविरुद्ध भने बिगो असुलउपरका अतिरिक्त भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा (८)को उपदफा (४) बमोजिम २ वर्षसम्म कैद सजाय मागदाबी गरेको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ५ : ५४ बजे

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको

महाबौद्धमा विद्युत प्रसारणको पोल ढल्यो (तस्बिर)

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत प्रसारणको पोल ढलेको