खानेपानी कार्यालयका इन्जिनियरविरुद्ध ४ लाखको भ्रष्टाचार मुद्दा « Khabarhub

खानेपानी कार्यालयका इन्जिनियरविरुद्ध ४ लाखको भ्रष्टाचार मुद्दा


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङ्जाका इन्जिनियर (आठौं तह) बसी अख्तर मोहम्मदविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४ लाख रुपैयाँ बिगो दाबी गर्दै इन्जिनियर मोहम्मदविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

इन्जिनियर मोहम्मद खानेपानी आयोजनाको भुक्तानी दिएवापत सेवाग्राहीसँग लिएको ४ लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका थिए ।

घुससहित नियन्त्रणमा लिइएका इन्जिनियर मोहम्मदले खानेपानी आयोजनाको लागि निकासा भएकोमध्ये २० प्रतिशत रकम आफूलाई चाहिने भन्दै ४ लाख रुपैयाँ घुस लिएको पुष्टि भएको अख्तियारले जनाएको छ ।

अख्तियारले इन्जिनियर मोहम्मदविरुद्ध ४ लाख रुपैयाँ बिगोका अतिरिक्त भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा (३) को उपदफा (१) को देहाय (घ) बमोजिम ६ महिनादेखि १ वर्षसम्म कैद सजाय मागदाबी गरेको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ६ : ०४ बजे

हिरासतमुक्त भएलगत्तै हजुरआमाको निधन, गाउँ फर्किए ककरोचका संस्थापक अभिजीत दिप्के

काठमाडौं– ककरोच जनता पार्टीका संस्थापक अभिजीत दिप्के प्रहरी हिरासतबाट मुक्त

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको चुनौती

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले क्यानडालाई २३६ रनको

दसैँका लागि ६ स्थानबाट ग्यास वितरण, सिलिन्डर साट्न नपाएको उपभोक्ताको गुनासो 

काठमाडौं– दसैँमा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन काठमाडौं उपत्यकाका

देवी दुर्गाको मूर्ति बनाउन व्यस्त मूर्तिकार

काठमाडौं– ललितपुरको कुपोण्डोलमा मूर्तिकारहरू देवी दुर्गाको मूर्ति बनाउनमा व्यस्त छन्

विश्वकप लिग–२ क्यानडाविरुद्ध रोहित पौडेलले बनाए शतक

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाली ब्याटर